Back to Top

Class 10 Samajik

 समूह 'क' छोटो उत्तर आउने प्रश्न :


१. सामाजिकीकरणका दुईओटा तत्त्व लेख्नुहोस् ।

(एकाइ १, ज्ञान, बोध)

उत्तर :

सामाजिकीकरणका दुई तत्त्व यस प्रकार छन् :

(क) भाषा

(ख) अन्तरक्रिया

प्रेम, स्नेह, अन्तरक्रिया, सम्मान, सहयोग, भाषा आदि मध्ये कुनै दुईको नाम लेख्न सकिने छ।

२. विकास आयोजनाहरूलाई राष्ट्रिय गौरवको आयोजनामा सूचीकृत गरिनुको औचित्य एक वाक्यमा पुस्टि गर्नुहोस् ।

(एकाइ २, उच्च दक्षता)

उत्तर :

ठुला विकास आयोजनाहरूबाट धेरै जनताले लाभ हासिल गर्नेहुनाले विकास आयोजनालाई राज्यबाट उच्च प्राथमिकता दिएर समयमा नै सम्पन्न गर्न राष्ट्रिय गौरवको आयोजनामा सूचिकृत गरिएको हो।

३. मानव बेचबिखन भनेको केहो ?

(एकाइ ४, ज्ञान, बोध)

उत्तर :

मानवलाई ललाइफकाइ गरेर, धम्क्याएर, झुक्याएर वा अपहरण गरेर बिक्रि गर्ने कार्यलाई मानव बेचबिखन भनिन्छ । चेलिबेटी बेचबिखन र बालबालिकाको बेचबिखन यसका उदाहरण हुन् ।

४. भ्रष्टाचार विरुद्ध जनचेतना जगाउने एक नारा तयार पार्नुहोस् ।

(एकाइ ४, प्रयोग र सिर्जनात्मक सिप)

उत्तर :

बनौँ सदाचारी नगरौं भ्रष्टाचार, भ्रष्टाचार गर्नेलाई गरौं सामाजिक बहिस्कार!

५. मार्सल प्लानको एक प्रमुख उद्देश्य लेख्नुहोस् ।

(एकाइ ७, ज्ञान, बोध)

उत्तर :

दोस्रो विश्वयुद्धपछि तहसनहस भएको युरोपको पुनः निर्माण गर्नु मार्सल प्लानको प्रमुख उद्देश्य थियो।

६. तपाईंको विचारमा पहिलो संविधानसभाले किन संविधान जारी गर्न सकेन ? उपयुक्त कारण दिनुहोस् । (एकाइ ७, उच्च दक्षता)

उत्तर :

मेरो विचारमा पहिलो संविधान सभाले संविधान जारी गर्न नसक्नुको मुख्य कारण राजनीतिक दलहरूबिचको विवाद र असमझदारीका हो।

७. उर्जाका दुईओटा स्रोतको नाम लेख्नुहोस् ।

(एकाइ ८, ज्ञान, बोध)

उत्तर :

उर्जाका दुईओटा स्रोतहरू यसप्रकार छन् :

(क) भिरालो सतहबाट बगेका नदी

(ख) सूर्य

पेट्रोलिम पदार्थ, प्राकृतिक ग्यास, कोइला, नदी, हावा, घाम, दाउरा आदि मध्ये कुनै दुई स्रोतको नाम लेख्न सकिन्छ।

८. वैदेशिक रोजगारमा जान लागेका तपाईंका दाजुलाई व्यवस्थित रोजगारका निम्ति तपाईंले दिने कुनै एक सल्लाह उल्लेख गर्नुहोस् । (एकाइ ८, प्रयोग तथा सिर्जनात्मक सिप)

उत्तर :

वैदेशिक रोजगारमा जान लागेका मेरा दाजुलाई व्यवस्थित रोजगारका निम्ति आधिकारिक मेनपावरबाट मात्र वैदेशिक रोजगारमा जान सुझाव दिन्छु ।

दलालहरूको कुरामा नलाग्ने, आफूले गर्ने काम र पारिश्रमिक हेरेर मात्र पैसा बुझाउने, आवश्यक कागजपत्र पूरा गर्ने आदि जस्ता कुनै एक सुझाव दिन सकिन्छ।

९. सुरक्षा परिषद्‌को बैठकमा भिटो कसले प्रयोग गर्छन् ?

(एकाइ ९, ज्ञान, बोध)

उत्तर :

सुरक्षा परिषद्का स्थायी सदस्य देशहरूमध्ये बैठकमा आएको प्रस्ताव चित्त नबुझ्‌ने देशले भिटो प्रयोग गर्छन्।

१०. “सूचना तथा सञ्चार प्रविधि जान्नेलाई श्रीखण्ड नजान्नेलाई खुर्पाको बिँड हो ।” यस भनाइलाई प्रस्ट पार्नुहोस् ।

(एकाइ ९, उच्च दक्षता)

उत्तर :

प्रस्तुत भनाइबाट सूचना प्रविधिको प्रयोग सहीरूपमा प्रयोग गरेमा हमीलाई निकै सहयोग पुग्छ, दुरुपयोग गरेमा यसले निकै समस्या निम्त्याउँछ भन्न खोजिएको हो।

११. तपाईंको जीवन गुणस्तरीय बनाउन शिक्षाले कसरी मद्दत गरेको छ ?

(एकाइ १०, प्रयोग तथा सिर्जनात्मक सिप)

उत्तर :

मलाई शिक्षाले चेतना प्रदान गरेको र मितव्ययी व्यवहार गर्न सिकाएको छ । यसले मेरो जीवन गुणस्तरीय बनाउन मद्दत गरेको छ ।

यसबाहेक शिक्षाले अधिकार र कर्तव्यको बारेमा जानकारी गराएको छ, रोजगकारी प्राप्त भएको छ, समाजमा इज्जत र प्रतिष्ठा बढाएको छ जस्ता बुँदा लेख्न पनि सकिन्छ।

१२. विविधतामा एकताले नेपालीको सामाजिक सहिष्णुता बढाएको छ, कसरी ? पुस्टि गर्नुहोस् । (एकाइ १, उच्च दक्षता)

उत्तर :

कुनै समाजमा भएको जातीय, लैङ्गिक, भाषिक, धार्मिक, सांस्कृतिक तथा भौगोलिक फरकपन नै विविधता हो । नेपाल विविधतायुक्त राष्ट्र हो । नेपाली समाजमा विविधता छ तर विविधताबिचमा पनि मेलमिलाप सहयोग र सहकार्य हुने हुँदा यहाँ विविधतामा एकता छ।

विविधतामा भएका एकताले :

समाजमा रहेका विभिन्न जाति, धर्म, संस्कृति मान्ने समुदायबिच एकअर्काको सामाजिक मूल्य मान्यता बुझ्न सहयोग पुगेको छ ।

सामाजिक क्रियाकलामा सबैको सहभागिता र सहयोग हुने हुँदा एक अर्काप्रति सम्मानको भावना बढ्छ ।

विविधतायुक्त समाजले सबै प्रकारका सामाजिक सांस्कृतिक मान्यताप्रति सम्मान र अपनत्वको भावना बढाउँछ ।

विविधता सामाजिक/सांस्कृतिक, रीतिरिवाज 'ज्ञानको केन्द्र' हो । विविधताको सम्मान र संरक्षणबाट समाजमा सहकार्य बढ्छ।

समूह 'ख' छोटो उत्तर आउने प्रश्न :

१३. हाम्रो मुलुकले मानव विकास सूचकाङ्कमा वृद्धि गर्नका लागि ध्यान दिनुपर्ने महत्त्वपूर्ण पक्ष उल्लेख गर्नुहोस् ।

(एकाइ २, ज्ञान, बोध)

उत्तर :

मानव विकास सूचकाङ्कले कुनै पनि मुलुकका नागरिकको शिक्षा, स्वास्थ्य तथा आय आर्जनको अवस्थालाई प्रतिविम्बित गर्छ । हामी नेपाली नागरिकको मानव विकास सूचकाङ्क वृद्धिका लागि विभिन्न प्रयास गरे तापनि आशातीत रूपमा सुधार हुन सकेको छैन । तसर्थ हाम्रो मुलुकले मानव विकास सूचकाङ्क वद्धिका लागि निम्न लिखित कुरामा ध्यान दिनुपर्छ :

गुणस्तरीय शैक्षिक विकासमा जोड दिनुपर्छ । यसबाट चेतनाको स्तर बढाउन र आत्मनिर्भर हुन मद्दत पुग्छ ।

स्वच्छ खानेपानी, गुणस्तरीय स्वास्थ्य सेवा उपलव्ध गराउनुपर्छ ।

व्यावसायिक शिक्षा तथा तालिमको विस्तार गरी स्थानीयस्तरमा नै आय आर्जनका माध्यम विकास गर्नुपर्छ ।

आर्थिक सामाजिक रूपले पिछडिएको वर्ग, समुदायको उत्थानका लागि सार्वजनिक सेवा सर्वसुलभ बनाउनुपर्छ ।

१४. 'ज्येष्ठ नागरिकप्रति हाम्रो दायित्व' शीर्षकमा एक पत्रिकाका लागि सम्पादकीयको नमुना लेख्नुहोस् ।

(एकाइ ३, प्रयोग तथा सिर्जनात्मक सिप)

उत्तर : सम्पादकीयको नमुना

ज्येष्ठ नागरिकप्रति हाम्रो दायित्व

हाम्रो देशमा साठी वर्ष पूरा नेपाली नागरिकलाई ज्येष्ठ नागरिक भनी परिभाषित गरिएको छ । ज्येष्ठ नागरिक हाम्रो समाज, हाम्रो सभ्यताका मार्ग निर्देशक हुन् ।

जीवनका अनेकौँ आरोह अवरोह पार गरेका, दुःखकष्ट भोगेका ज्येष्ठ नागरिकबाट हामी सामाजिक मूल्य मान्यता र संस्कार सिकिन्छ । सामाजिक संस्कार र अनुभवका 'खुला किताब' ज्येष्ठ नागरिकका भावना बुझ्नु हाम्रो दायित्व हो । उनीहरूको स्वास्थ्यको ख्याल राख्नु, समयमा खानपिनको व्यवस्था गर्नु हाम्रो कर्तव्य र जिम्मेवारी हो । बेला बेलामा घुमफिर, मनोरञ्जन, आफन्तसित भेटघाट गराइदिनाले उहाँहरूमा एक प्रकारको स्फूर्ति बढ्छ र निराशाको भावनामा कमी आँउछ । हामीले ज्येष्ठ नागरिकप्रति सम्मानजनक व्यवहार गर्नु भनेको हाम्रो परम्परा/मूल्यमान्यताको जर्गेना गर्नु पनि हो । यो असल र सभ्य समाजको पहिचान हो । हामीले पनि ज्येष्ठ नागरिकलाई दुर्वाच्य नबोलौँ । पारिवारिक हेरविचार गरौं र पूर्वीय सभ्यताको परिचय दिऔं।

१५. विश्वशान्ति प्रवर्धनका लागि विश्वबन्धुत्वको भावनाको विकास र प्रसार जरुरी छ भन्ने सन्दर्भलाई पुष्टि गर्ने तर्क पेस गर्नुहोस् ।

(एकाइ ३, उच्च दक्षता)

उत्तर :

विश्वभरका सबै वर्ग समुदायप्रति आफ्नै बन्धुबान्धव वा परिवारका सदस्यसरह गरिने सकारात्मक व्यवहार विश्वबन्धुत्व हो । विश्वशान्ति प्रवर्धनका लागि विश्वबन्धुत्वको भावनाको विकास र प्रसार जरुरी छ भन्ने कुरालाई निम्न लिखित बुँदामा पुष्टि गर्न

सकिन्छ :

विश्वबन्धुत्वको भावनाले सहकार्य र सहयोगी भावनाको विकास गर्छ । यसबाट मानिसमा स्वार्थीपन हराउँदै जान्छ। 

मानिसले कुनै पनि समस्या एक्लै समाधान गर्न सक्दैन । त्यसैले यस भावनाले एकअर्का प्रतिको अन्तरनिर्भरताको विकास गराउँछ ।

विश्वबन्धुत्वको भावनाले मानिसले ईर्ष्या, द्वेषको भावना बढ्न दिँदैन र सद्भाव बढाउँछ ।

अरूको अस्तित्व स्वीकार गर्ने र सबैलाई सम्मान गर्ने बानीको विकास हुन पुग्छ ।

१५. अथवा

नेपालमा सहिदहरूप्रति सम्मानको भावना थप अभिवृद्धि गर्न सहिद दिवसलाई कसरी मनाउनु पर्ला ? कुनै चार सुझाव प्रस्तुत गर्नुहोस् ।

(एकाइ ३, उच्च दक्षता)

उत्तर :

देश र जनताका लागि जीवन बलिदान गर्ने व्यक्तिलाई सहिद भनिन्छ । सहिदको सम्झना र सम्मानमा नेपालमा हरेक वर्ष माघ १६ गते सहिद दिवस मनाइन्छ । सहिदप्रति सम्मानको भावना थप अभिवृद्धि गर्ने गरी सहिद दिवस मनाउन सम्बन्धित पक्षलाई निम्नानुसार सुझाव प्रस्तुत गर्छु :

सहिदहरूको सम्झनामा प्रवचन कार्यक्रम गर्ने

सहिदहरूको प्रेरणादायी भूमिकाको चर्चा गर्ने

सहिद परिवारलाई सम्मान गर्ने कार्यक्रम गर्ने

सहिदु र उनीहरूको योगदान शीर्षकमा कविता वक्तृित्वकला, खेलकुद प्रतियोगिता सञ्चालन गर्ने

१६. हाम्रो समाजमा फजुल खर्च गर्ने प्रवृत्तिका कारण विश्लेषण गर्नुहोस् ।

(एकाइ ४, उच्च दक्षता)

उत्तर :

असान्दर्भिक र अनावश्यक खर्च गर्ने मानवीय व्यवहार फजुल खर्च हो । नेपाली समाजमा पछिल्लो समय फजुल खर्च गर्ने प्रवृत्ति बढ्दो छ । यसका मुख्य कारण यस प्रकार रहेका छन् :

नेपाली समाजमा फजुल खर्च गर्नाले अरूलाई प्रभावित गर्न सकिने र समाजमा इज्जत बढ्ने भन्ने मनोभाव छ ।

अरूको देशासिकी गर्ने, 'ऊ' भन्दा 'म' के कम भन्ने भावना जस्ता कारणले पनि फजुल खर्च बढ्दो छ ।

पछिलो समय नेपाली समाजमा अवैध आर्थिक कारोबार, व्यवसाय बढ्दो छ । खासै परिश्रम नगरिकन आर्जन गरेको धन किन खर्च नगर्ने भन्ने मानसिकता भएकाले पनि फजुल खर्च बढेको हो ।

फजुल खर्च रोक्न विभिन्न ऐन, कानुन नभएका होइनन् तर त्यस्ता कानुनको पालना कमजोर भएका कारण जिम्मेवार व्यक्तिले नै कानुन उल्लङ्घन गर्ने गरेको पाइन्छ।

१७. मानव अधिकार घोषणापत्रका कुनै चार विशेषता उल्लेख गर्नुहोस् ।

(एकाइ ५, ज्ञान बोध )

उत्तर :

मानव अधिकर व्यक्तिको नैसर्गिक, अविभाज्य, जन्मसिद्ध अधिकार हो । मानव अधिकारसम्बन्धी औपचारिक अवधारणा १० डिसेम्बर १९४८ मा संयुक्त राष्ट्रङ्घमार्फत् जारी गरियो । मानव अधिकारसम्बन्धी विश्वव्यापी घोषणापत्रका प्रमुख विशेषता यसप्रकार छन् :

मानव अधिकार घोषणापत्र विश्वव्यापी र संयुक्त राष्ट्रसङ्घका सदस्यहरूमा लागु हुने प्रतिबद्धता हो ।

मानव अधिकार घोषणापत्र व्यक्तिका राजनीतिक, सामाजिक/सांस्कृतिक आर्थिक अधिकारको एकीकृत दस्तावेज हो ।

विश्वव्यापी मानव अधिकार घोषणापत्र कानुनी बाध्यताभन्दा पनि नैतिक दायित्व हो ।

मानव अधिकार घोषणापत्र मौलिक हकको स्रोत वा आधार हो ।

१८. भूमध्यसागरीय हावापानी र भूमध्यरेखीय हावापानी बीच भिन्नता उल्लेख गर्नुहोस्।

भूमध्यरेखीय हावापानी

यो हावापानी क्षेत्रमा अग्ला, मोटा रुख भएको घना जङ्गल पाइन्छ । रुखकाका पात ठुला र सदावहार हुन्छन् ।

मानव बसोबासका लागि प्रतिकूल हावापानी भएको यो क्षेत्रमा आदिवासीको बसोबास छ ।

भूमध्यसागरीय हावापानी

यस क्षेत्रमा बुट्यान प्रकृतिका सदावहार वनस्पति पाइन्छ । चिल्ला र लेसिला पात भएका सुन्तला जातका बिरुवा पाइन्छन् ।

यो हावापानी मानव बसोबासका लागि उपयुक्त क्षेत्र हो । यो क्षेत्रमा व्यावसायिक फलफूल खेती हुन्छ । यस क्षेत्रलाई संसारको बगैंचा पनि भनिन्छ ।

भूमध्यरेखीय हावापानी

दुवै गोलार्धको ५० अक्षांशसम्म पाइन्छ । अमेजन बँसी, कङ्गो बँसी, दक्षिण पूर्वी एसिया यस हावापानीका मुख्य क्षेत्र हुन् ।

यो हावापानी क्षेत्रमा वर्षभरि नै गर्मी र दिनहुँ संवाहनिक वर्षा हुन्छ ।

भूमध्यसागरीय हावापानी

विश्वका दुवै गोलार्द्धको ४०० आसापासका क्षेत्रमा यो हावापानी पाइन्छ । दक्षिणी युरोप यस हावापानीको मुख्य क्षेत्र हो ।

यो हावापानी क्षेत्रमा ग्रीष्म ऋतुमा गर्मी र सुक्खा तथा हिउँदमा चिसो र वर्षा हुन्छ ।

१९. नमुना


मिति : २०८१।११।२२


श्री निर्देशकज्यू, अन्तर्राष्ट्रिय श्रम सङ्गठन, कन्ट्री अफिस, काठमाडौँ ।


विषय : धन्यवाद ज्ञापन सम्बन्धमा


निर्देशकज्यू, म काठमाडौँ निवासी नेपाली नागरिक जीवन शर्मा हुँ । नेपाल अन्तर्राष्ट्रिय श्रम सङ्गठनको सदसस्य मुलुक भएका कारण यहाँको संस्था ILO ले नेपाली श्रमिकको हकहितको क्षेत्रमा गरेको योगदान देखेर मलाई निकै खुसी लागेको छ । ILO ले नेपालमा श्रमिकको अधिकारको संरक्षण तथा न्यूनतम पारिश्रमिक निर्धारणमा सरकारसँग सहकार्य गरेको रहेछ । बालश्रम उन्मूलनमा सक्रियता र सहयोग गरेको रहेछ । जनचेतनामूलक कार्यक्रम सञ्चालन गरेको रहेछ । श्रमिक बालबालिकाको पुनर्स्थापनामा पुऱ्याएको रहेछ । यसरी यस संस्थाले नेपालमा पुऱ्याएको योगदानका लागि धेरै धन्यवाद दिन चाहन्छु । निर्देशकज्यू, आगामी दिनमा पनि यस्तै सहयोगको निरन्तरताको अपेक्षा गर्दै आभार प्रकट गर्छु ।


भवदीय .......  .......

२०. नेपालको जनसङ्ख्या वृद्धिको प्रवृत्ति स्पष्ट पार्नुहोस् । (एकाइ १०, ज्ञान, बोध)

उत्तर :

कुनै भौगोलिक क्षेत्रमा निश्चित समयावधिमा बसोबास गर्ने मानिसको सङ्ख्यालाई जनसङ्ख्या भनिन्छ । जनसङ्ख्याको वृद्धिदरले जनसङ्ख्याको घट्ने र बढ्ने दर कस्तो छ भन्ने जानकारी गराउँछ । नेपालमा जनसङ्ख्याको वृद्धिदरको प्रवृत्तिलाई निम्न लिखित बुँदामा

उल्लेख गर्न सकिन्छ :

दोस्रो र तेस्रो जनगणनमा जनसङ्ख्या वृद्धिदर ऋणात्मक थियो । यी जनगणनामा जनसङ्ख्या वृद्धिदिर ऋणात्मक हुनुको प्रमुख कारण विश्वयुद्धको प्रभाव, बिफर रोगको महामारी भएको अनुमान गरिन्छ ।

वि.सं. २०३८ मा भएको जनगणनामा जनसङ्ख्या वृद्धिदर २.६२% रहेको थियो । यो हालसम्मकै उच्च जनसङ्ख्या वृद्धिदर हो ।

वि.सं. २०७८ को जनगणनामा भने जनसङ्ख्या वृद्धिदर ०.९२% पुगेको छ ।

नेपालमा वि.सं. २०५८ देखि जनसङ्ख्या वृद्धिदर क्रमशः घट्दो छ । यसो हुनुमा जनचेतनामा वृद्धि, परिवार नियोजन कार्यक्रमको सफलता स्वास्थ्यसेवाको प्रभावकारिता आदि कारण रहेको देखिन्छ ।

समूह 'ग' लामो उत्तर आउने प्रश्न :

२१. स्वतन्त्र, निष्पक्ष र विश्वसनीय निर्वाचन लोकतन्त्रको आधार हो । यस भनाइलाई उदाहरणसहित पुष्टि गर्नुहोस् ।

(एकाइ ५, उच्च दक्षता)

नोट

यस प्रश्नमा पहिले लोकतन्त्र र निर्वाचनबिचको सम्बन्ध देखाउँदै उत्तर सुरु गर्नुपर्छ । त्यसपछि स्वतन्त्र, निष्पक्ष र विश्वसनीय निर्वाचनले लोकतन्त्रलाई कसरी बलियो बनाउँछ भन्ने कुरालाई बुँदागतरूपमा कम्तीमा छ बुँदामा लेख्नुपर्छ अनि अन्त्यमा एक वाक्यमा निष्कर्ष प्रस्तुत गर्दै टुङ्ग्याउनुपर्छ ।

नमुना

जनताद्वारा जनताकै लागि गरिने शासन लोकतन्त्र हो । लोकतन्त्रमा राज्य सञ्चालनको मुख्य अधिकार जनतामा निहित रहेको हुन्छ । सबै जनता एकै पटक पदमा बसेर शासन सञ्चालन गर्नु सम्भव हुँदैन । त्यसैले जनताले निर्वाचनमार्फत आफ्ना प्रतिनिधि छान्छन् र तिनै प्रतिनिधिले जनताको चाहनाअनुसार राज्य सञ्चालनको जिम्मेवारी पूरा गर्छन् । जनताले आफ्‌नो प्रतिनिधिमार्फत शासन सञ्चालन गर्ने प्रणाली लोकतन्त्रको सुन्दर पक्ष हो ।

जनताले आफ्ना प्रतिनिधि छनौट गर्नको निमित्त निर्वाचन गरिन्छ । स्वतन्त्र, निष्पक्ष र विश्वसनीय निर्वाचन भएमा मात्र लोकतन्त्र बलियो हुन्छ । स्वतन्त्र, निष्पक्ष र विश्वसनीय निर्वाचन लोकतन्त्रको आधार हो । यस भनाइलाई निम्न लिखित बुँदामा पुस्टि गर्न सकिन्छ ।

केही बुँदा :

कसैको धाक, धम्की, डर त्रासका विना स्वतन्त्र रूपमा निर्वाचन भएमा असल व्यक्ति निर्वाचित हुन पाउँछन् । देशमा छिटो विकास हुन सक्छ । 

कसैको पक्षमा नलागी निष्पक्ष निर्वाचन भएमा सही उम्मेदवार छनोट हुन पाउँछन् ।

निर्वाचनका सबै प्रक्रिया विश्वसनीय भएमा जनप्रतिनिधिप्रति जनताको विश्वास बढ्छ ।

गलत व्यक्ति नेतृत्व तहमा पुग्ने सम्भावना कम हुन्छ ।

देशमा भ्रष्टाचार नियन्त्रण भई सुसाशन कायम हुन्छ ।

जताका आवाज उजागर हुन पुग्छन् ।

प्रस्तुत कारणले गर्दा स्वतन्त्र, निष्पक्ष र विश्वसनीय निर्वाचनलाई

लोकतन्त्रको आधार मान्ने गरिन्छ ।

२२. पृष्ठभरिको नेपालको नक्सा बनाई दिइएका तथ्यहरू भर्नुहोस् ।

सगरमाथा हिमाल, कर्णाली प्रदेश, चितवन राष्ट्रिय निकुञ्ज र पृथ्वी राजमार्ग

(एकाइ ६, प्रयोग तथा सिर्जनात्मक सिप)

सामान्य आकारप्रकार मिल्ने गरी नेपालको पृष्ठभरिको नक्सा बनाउनुपर्छ र उपयुक्त सङ्केतको प्रयोग स्थान मिल्ने गरी दिइएका स्थानहरू भर्नुपर्छ ।

दृष्टि विहीनका लागि

दक्षिण अमेरिका महादेशको भौगोलिक, सामाजिक र आर्थिक पक्षको वर्णन गर्नुहोस् ।

(एकाइ ६, ज्ञान बोध)

सबैभन्दा पहिले दक्षिण अफ्रिका महादेश विश्वको चौथो ठुलो महादेश हो । यसलाई भूमध्य रेखाले बिचबाट काटेको हुनाले यो महादेश उत्तरी र दक्षिणी दुवै गोलार्धमा पर्छ भनी उत्तरको सुरुवात गर्नुपर्छ । त्यसपछि दक्षिण अमेरिका महादेशको भौगोलिक पक्षअन्तर्गत निम्नानुसारका बुँदा समेटेर वर्णन गर्नुपर्छ :

दक्षिण अमेरिका महादेशको भौगोलिक पक्षअन्तर्गत निम्नानुसारका बुँदा समेटेर वर्णन गर्नुपर्छ :

जस्तै :

दक्षिण अमेरिका महादेशमा अमेजन बेंसी क्षेत्र, एन्डिज पर्वत श्रेणी, ब्राजिलको उच्चभूमि, अटाकामा मरुभूमि र पग्यासको घाँसे मैदन रहेका छन् ।

दक्षिण अमेरिकाको धेरैजसो भूभागमा गर्मी हावापानी पाइन्छ । मरुभूमि क्षेत्रमा सुक्खा र अमेजन बँसी क्षेत्रमा सधैं वर्षा हुने हावापानी पाइन्छ ।

अमेजन बँसी क्षेत्रमा अग्ला र ठुला पात भएका रुखहरूको घना जङ्गल रहेको छ । पम्पास क्षेत्रमा भुइँघाँस मात्र पाइन्छ भने मरुभूमि क्षेत्रमा काँडेदार सिउँडी जातका वनस्पति पाइन्छ ।

दक्षिण अमेरिका महादेशको अमेजन क्षेत्रमा आदिवासी जनजातिहरू बसोबास गर्छन् । उनीहरू फिरन्ते जीवन बिताउँछन् ।

एन्डिज क्षेत्रमा नेपालका शेर्पा जस्तै देखिने जाति बसोबास गर्छन् ।

दक्षिण अमेरिकाको अमेजन क्षेत्रका मानिस सिकार गर्ने, माछा मार्ने र सामान्य खेतीपाती गर्ने गर्छन् ।

ब्राजिलको उच्च भूमिमा कफी खेती गरिन्छ भने पम्पासको घाँसे मैदानी क्षेत्रमा गहुँ खेती र पशुपालन गरिन्छ ।

पूर्वको किनारी क्षेत्रमा माछा सङ्कलन, उद्योग र व्यापार गरिन्छ ।

अन्तमा दक्षिण अफ्रिका महादेश प्राकृतिक स्रोत साधनले भरिपूर्ण भएर पनि खासै विकास हुन नसकेको महादेश हो वा यस्तै एक वाक्य लेखेर उत्तर टुङ्ग्याउनुपर्छ ।

२३. जनआन्दोलन २०४६ र जनआन्दोलन २०६२/६३ को पृष्ठभूमि र उपलब्धिको छुट्टाछुट्टै परिचय दिनुहोस् ।

(एकाइ ७, ज्ञान, बोध)

नेपालमा प्रजातन्त्रको प्राप्तिका लागि दुईओटा ठुला आन्दोलन भएका थिए । पहिलो जनआन्दोलन वि.सं. २०४६ मा र दोस्रो आन्दोलन वि.सं. २०६२-६३ मा भएको थियो भनी सुरुवात गरेर दुई आन्दोलनको परिचय बुँदागत रूपमा पनि लेख्न सकिन्छ।

जनआन्दोलन २०४६ र २०६२/६३ को पृष्ठभूमि र उपलब्धिको छुट्टाछुट्टै परिचय :

जनआन्दोलन २०४६

आन्दोलनको पृष्ठभूमि

जनआन्दोलन २०४६ फागुन १ गते देखि चैत २६ गते सम्म चलेको थियो । यो आन्दोलन निरङ्कुश पञ्चायती व्यवस्थाको अन्त्य गरी प्रजातन्त्र स्थापना गर्नका लागि भएको थियो। यो आन्दोलन नेपाली काङ्ग्रेस र संयुक्त बाममोर्चा मिलेर गरेका थिए ।

आन्दोलनको उपलब्धि यस प्रकार रहेको छ :

यो आन्दोलनको परिणामस्वरूप देशमा निर्दलीय पञ्चायती व्यवस्थाको अन्त्य भएर बहुदलीय व्यवस्था लागु भएको थियो ।

संवैधानिक राजतन्त्रको स्थापना भयो ।

नेपाल अधिराज्यको संविधान २०४७ जारी भयो ।

नेपालमा संसदीय शासन प्रणाली लागु भयो ।

मौलिक हकको सुनिश्चित गरियो ।

जनआन्दोलन २०४६ र २०६२/६३ को पृष्ठभूमि र उपलब्धिको छुट्टाछुट्टै परिचय :

जनआन्दोलन २०६२/६३

आन्दोलनको पृष्ठभूमि

जनआन्दोलन २०६२/६३ को आन्दोलन २०६२ चैत २४ देखि २०६३ बैसाख ११ सम्म चलेको थियो । यो आन्दोलन राजा ज्ञानेन्द्रको संसद् विघटन गरी प्रत्यक्ष शासन गर्ने जस्तो अप्रजातान्त्रिक कदमविरुद्ध भएको थियो । यो आन्दोलन नेपाली काङ्ग्रेससहितका सात राजनीतिक दल र माओवादी मिलेर गरेका थिए ।

आन्दोलनका उपलब्धि यसप्रकार रहेका छन् :

यस आन्दोलनको परिणामस्वरूप विघटित प्रतिनिधि सभाको पुनर्स्थापना भयो ।

सुरुमा राजाका अधिकारहरू खोसिए र २०६५ जेठ १५ गते गणतन्त्रको स्थापना भयो ।

अन्तरिम संविधान २०६३ जारी भयो र त्यसका आधारमा भएको संविधानसभाले वि.सं. २०७२ मा नेपालको संविधान जारी भयो ।

नेपालमा सङ्घीय शासन प्रणाली लागु भयो ।

वृहत् शान्ति सम्झौता भई देशमा शान्ति कायम भयो ।

यसरी पहिलो जनआन्दोलनमा पूरा हुन बाँकी कार्यहरू दोस्रो जनआन्दोलनले पूरा गरी नेपाली नागरिकले नै शासनसत्ता सञ्चालन गर्ने अवसर प्राप्त भयो भनी एक दुई वाक्यमा निष्कर्ष लेख्नुपर्छ ।

२४. नेपालमा पर्यटनको सम्भावना उल्लेख गरी तपाईंको विदेशी साथीलाई भ्रमणका लागि अनुरोध गर्दै पत्र लेख्नुहोस् ।

(एकाइ ८, प्रयोग तथा सिर्जनात्मक सिप)

नेपालमा पर्यटनका सम्भावना झल्काउने कम्तीमा सात बुँदा समेटेर चिठीको नमुना बनाउनुपर्छ । चिठी लेख्दा सुरुमा सम्बोधन र सन्चो बिसन्चोका कुरा, त्यस पछि पर्यटनको सम्भावनाहरू कम्तीमा छओटा बुँदा पर्ने गरी पेटबोली लेख्नुपर्छ र अन्त्यमा बिट मार्ने काम गर्नुपर्छ ।

सानोठिमी, भक्तपुर


मितिः २०८१।११।२४


प्यारी साथी, ....


धेरै सम्झना


म यहाँ आराम छु । तिमीलाई पनि आराम होला भन्ने आशा गर्छु । तिमीले नेपाल भ्रमणमा आउने इच्छा व्यक्त गरेकी रहिछौ । तिम्रो इच्छा छि‌ट्टै पूरा होस् भन्ने शुभेच्छा व्यक्त गर्न चाहन्छु । मिलिन्डा, नेपाल बहुआयामिक पर्यटकीय सम्भावन भऐको देश हो। यहाँ धेरै रमणीय स्थान रहेका छन् । नेपालमा उत्तरतर्फ सुन्दर हिमशृङ्खला रहेका छन् । तिमीले टाढैबाट हिमाल हेरेर आनन्द लिन सक्छ्यौ । माउन्टेन फ्लाइटबाट नजिकै पुगेर हेर्न पनि सक्छ्यौ । पदयात्रामार्फत हिमालमै पुगेर हिउँ खेल्न पनि सक्ने छौ। त्यसै गरी नेपालका नदीहरूमा ऱ्याफ्टिङ गरेर आनन्द लिन, विभिन्न ठाउँमा बन्जि जम्पिङ गर्न र पहाडी बाटामा साइकल लिएर माउन्टेन बाइकिङ पनि गर्न पनि सक्ने छौ ।


त्यतिमात्र कहाँ हो र ! नेपाल त हिन्दु र बौद्ध धर्मको केन्द्र पनि हो नि। भगवान् गौतम बुद्धको जन्मस्थान लुम्बिनी स्वयम्भू र महाबौद्धमा बौद्ध धर्मावलम्बीहरू तीर्थ गर्न आउँछन् । अनि पशुपतिनाथ, मुक्तिनाथ, स्वर्गद्वारी, जनकपुर धामलगायतका हिन्दु तीर्थस्थलहरूमा विश्वभरिका हिन्दुहरू तीर्थाटनका लागि आउने गर्दछन् । दक्षिणमा गर्मी, पहाडी भागमा ठिक्कको र उत्तरमा चिसो हावापानी पाइने हुनाले तिमीले एकै दिनमा तीनओटै क्षेत्रको हावापानीको अनुभव गर्न सक्छ्यौ। धेरै गर्मी र धेरै जाडो ठाउँका मानिसहरू त्यहाँको मौसम छल्न जुनसुकै समयमा नेपाल आउन सक्छन् ।

दक्षिणमा गर्मी, पहाडी भागमा ठिक्कको र उत्तरमा चिसो हावापानी पाइने हुनाले तिमीले एकै दिनमा तीनओटै क्षेत्रको हावापानीको अनुभव गर्न सक्छ्यौ । धेरै गर्मी र धेरै जाडो ठाउँका मानिसहरू त्यहाँको मौसम छल्न जुनसुकै समयमा नेपाल आउन सक्छन् । तिमी नेपाल आयौ भने यहाँको वनजङ्गल, ऐतिहासिक सम्पदा, विविध प्रकारका संस्कृति र रहनसहनको अध्ययन र अवलोकन गर्न पनि सक्छ्यौ । चितवन राष्ट्रिय निकुञ्जमा हात्ती, गैंडा र बाघ हेर्न जाऔंला ।


यति धेरै रमणीय देश विश्वमा तिमीले अन्यत्र पाउने छैनौ। त्यसैले ढिलो नगरी नेपाल भ्रमणमा आउन मैले तिमीलाई निमन्त्रणा गरें है? छि‌ट्टै आऊ है, म तिमीलाई धेरै ठाउँ डुलाइदिउँला । आउँदो हिउँदे बिदामा तिम्रो प्रतीक्षामा रहने छु है, साथी। अहिलेलाई यत्ति नै ।

बाँकी कुरा भेटमा गरौंला ।


उही तिम्रो माया गर्ने साथी

नम्रता

Essay on Discipline

Here’s an essay tailored for a Class 10 board exam (SEE), with around 300 words to match the depth and structure expected at that level:

Discipline word art


Discipline is one of the essential trait that helps people achieve success, self-control, and responsibility. To put it simply, discipline is the process of putting bad deeds behind oneself, growing in moral character, being ethical, thinking positively, being professional, charitable, and acting morally. Discipline is crucial for young people, particularly students, as it helps them form positive habits and gets them ready for the future. In order to make students understand the values of diligence, curiosity, intelligence, punctuality and academic success requires discipline. A well-behaved student pays attention in class, studies consistently, and completes his/her assignment on time. Disciplined students prevent themselves from last-minute stress  before tests by practicing time management efficiently. Maintaining discipline helps students learn more and more which in turn increases their confidence. Additionally, discipline in academics helps students learn how to prioritize the task which is most essential in adult life.

Discipline is equally important in personal life too. It enhances the person's ability to resist distractions. Practicing discipline helps everyone to follow healthy routines like exercising regularly, eating balanced diet, and get required sleep. This supports in physical health as well as mental and social health.

In societal context, discipline is the master key to create a better environment. By following social norms and ideologies, a person can contribute to safety and harmony. For instance, in a neighborhood if people manage the garbage properly, it reduces the risk of health issues and tension between people. Discipline fosters cooperation between people and helps in societal development.

In conclusion, discipline is a guiding principle that leads to a fulfilling and balanced life. It is essential for personal growth, academic success and societal harmony. Developing discipline from a young age equips individuals to face life’s challenges, ultimately leading them to a successful and meaningful life.