Back to Top

class 10 nepali guide | पाठ ८ | नेपाली हाम्रो श्रम र सिप | कक्षा १०

        पाठ ८        


         नेपाली हाम्रो श्रम र सिप


शब्दभण्डार 

१. दिइएका शब्दको अर्थ लेख्नुहोस्:

कला, श्रम, सितो, आलस्य, रहस्य, सम्पदा, चोखो, स्वर्ग
शब्द अर्थ
कला कुनै पनि काम राम्रोसँग गर्ने सीप, कौशल
श्रम मेहेनत, परिश्रम
सितो पाकेको चामलको दानो, भातको चुरो मरेको गेडो
आलस्य काममा मन नलाग्ने भाव, अल्छ्याईँ
रहस्य लुकेको कुरो, गोप्य, भित्री आशय
सम्पदा सम्पत्ति, वैभव, धन
चोखो जुठो नभएको, शुद्ध, पवित्र
स्वर्ग अमरावती, इन्द्रपुरी, अत्यन्त रमणीय ठाउँ, सुन्दर स्थान

२. 'नेपाली हाम्रो श्रम र सिप' कविताबाट पाँच जोडी लय मिल्दा शब्द पहिचान गरी लेख्नुहोस्।

बाँच्ने – साँच्ने, नखाए – नलाए, खाना – नाना, भुलाउँथें – झुलाउँथें, पाएको - गाएको

३. दिइएको अनुच्छेदबाट समान संरचनायुक्त शब्द पहिचान गरी अर्थ पहिल्याउनुहोस् :

हाम्रो विद्यालयका १० कक्षाका सारा विद्यार्थी बस चढेर बारा घुम्न हिँड्यौँ। वर्षायाम थियो। वेगसँग मेघ गर्ज्यो। रातो माटो र चिप्लो बाटो थियो। बाटामा बस गुडुडु गुड्दै थियो। पानी दरर दर्कँदै थियो। बरर असिना बर्सँदै थियो। हाम्रो बस टक्क अडियो। बसबाट सट्ट झरियो। हामीले कुन ठाउँ हो भन्ने भेउ नपाए पनि एउटा होटलको छेउमा बस रोकिएको रहेछ। हामी गएपछि होटल खचाखच भयो। केहीलाई होटलका बुढामान्छेले मुढा दिए। हामी मुढामा बस्यौँ।

→ समान संरचनायुक्त शब्द र तिनका अर्थ
सारा – सबै, सम्पूर्ण
बारा – जिल्लाको नाम, मास वा मुगीबाट बनाइएको रोटी
वेग – गति, प्रवेग, चाल
मेघ – बादल, आकाशमा जम्मा भएको जलवाष्प
माटो – मृत्तिका, मट्टी, जमिन
बाटो – पथ, मार्ग, सडक
बरर – आँशुका थोपा झर्दाको किसिम
दरर – लगातार पानी पर्दाको किसिम

४. दिइएका शब्दलाई बाक्यमा प्रयोग गर्नुहोस्:

स्वदेश, पसिना, सिप, पुर्खा, भाषा, सितो, विज्ञान
→ स्वदेश – खोखो विश्वकपको उपविजेता बन्दै नेपाली महिला र पुरूष टोली स्वदेश फर्किए।

पसिना – खाडीको गर्मीमा भन्दा आफ्नै देशमा पसिना बगाउनु उत्तम हुन्छ।

सिप – विद्यार्थीलाई सैद्धान्तिक ज्ञानसँगै व्यवहारिक सिप पनि सिकाउन आवश्यक छ।

पुर्खा – बाँदर नै आधुनिक मानिसको पुर्खा हो भनेर चार्ल्स डार्विनले सिद्ध गरेका थिए।

भाषा – नेपाली भाषा एक आर्य भाषा हो जुन दक्षिण एसियाको हिमालय क्षेत्रमा बोलिन्छ।

सितो – अन्न जति अमूल्य अरू केही पनि नभएकाले भातको सितो पनि फाल्नु हुँदैन।

विज्ञान – विज्ञान र प्रविधि कुनै पनि देशको सामाजिक रूपान्तरण र आर्थिक विकासका लागि प्रमुख कडी मानिन्छ।

५. तपाईंको समाजमा प्रचलित चाडपर्वसँग सम्बन्धित छओटा शब्द टिपोट गरी वाक्यमा प्रयोग गर्नुहोस्।

· दशैँ – रोजगारी र पढाईको शिलशिलामा विदेश र शहर गएकाहरु दशैँ मनाउन घर फर्किएपछि गाउँमा दशैँको रौनक बढ्छ।

· तिहार – नेपालमा मनाइने दोस्रो ठूलो चाड तिहारका कतिपय सांस्कृतिक र धार्मिक चलनमा परिवर्तन देखा पर्न थालेको संस्कृतिविद्हरू बताउँछन्।

· होली – होली पर्वमा मानिसहरू रंग र अबिर खेल्दै एक-अर्कालाई शुभकामना दिन्छन्।

· छठ – छठ पर्वमा भक्तजनहरूले सूर्य भगवानको उपासना गर्दछन्।

· बुद्ध जयन्ती – बुद्ध जयन्तिमा गौतम बुद्धको उपदेश स्मरण गर्दै शान्ति सन्देश फैलाइन्छ।

· उधौली पर्व – उधौली पर्वमा किरात समुदायले साकेला नृत्य गर्दै प्रकृतिको पूजा गर्छन्।

बोध र अभिव्यक्ति

१. दिइएका शब्दको उच्चारण गरी कविता पढ्‌दाको उच्चारण र तिनको स्वतन्त्र उच्चारणमा हुने भिन्नता पहिचान गर्नुहोस् :

नेपाल, पहाड, श्रम, सुन, देश
कविता पढ्दाको उच्चारण स्वतन्त्र उच्चारण
नेपाल नेपाल्
पहाड पहाड्
श्रम श्रम्
सुन सुन्
देश देश्

२. 'नेपाली हाम्रो श्रम र सिप' कवितालाई गति, यति, लय मिलाई बाचन गर्नुहोस्।

→ शिक्षकलाई देखाउनुहोस्।

३. दिइएका प्रश्नको उत्तर भन्नुहोस्।

(क) नेपाली हाम्रो श्रम र सिप' कविताको अन्तिम श्लोक बाचन गर्नुहोस् र उक्त

श्लोकका हरेक प‌ङ्क्तिमा कति कतिओटा शब्द छन्, भन्नुहोस्।

→ नेपाल आमा यो दिव्य आभा जगाऊँ कसरी – ७ शब्द

आलश्य निद्रा हीनता सारा भगाऊँ कसरी – ६ शब्द

आशिष देऊ एकै र फेरि पसिना बगाऊँ – ७ शब्द

नेपाली हाम्रो श्रम र सिप स्वदेशमै लगाऊँ – ७ शब्द

(ख) उक्त श्लोकका हरफहरूको अन्त्यमा समान ध्वनि भएका दुई जोडी शब्द

भन्नुहोस्।

→ जगाऊँ – भगाऊँ, बगाऊँ - लगाऊँ

(ग) आशिष दिने प्रसङ्ग कविताको कुन श्लोकको कन पङ्क्तिमा आएको छ?

→ कविताको अन्तिम श्लोकको तेस्रो पङ्क्तिमा आशिष दिने प्रसङ्ग आएको छ।

(घ) नेपाली हाम्रो श्रम र सिप स्वदेशमै लगाऊँ भन्ने पङ्क्ति कवितामा कति

पटक पुनरावृत्ति भएको छ?

→ ‘नेपाली हाम्रो श्रम र सिप स्वदेशमै लगाऊँ’ भन्ने पङ्क्ति कवितामा ३ पटक पुनरावृत्त भएको छ।

४. दिइएको कवितांश पढी सोधिएका प्रश्नको उत्तर दिनुहोस् :

पहाड भन्छ पसिना पाए म स्वर्ग भुलाउँथें
तराई भन्छ सिंचाइ पाए म सुन झुलाउँथे
के छ र गाह्रो होस्टेमा हैंसे सबैले मिलाए
सबैले चोखो श्रम र सिप स्वदेशमै लगाए।

(क) पहाडले पसिना खोज्नुको आशय खुलाउनुहोस् ।
→ पहाडले पसिना खोज्नुको आशय ‘पहाडमा परिश्रम गर्ने, मेहेनत गर्ने व्यक्तिको आवश्यकता छ’ भन्ने हो।

(ख) तराईलाई सिचाइ किन चाहिएको हो?
→ सिँचाइ भएमा धेरैभन्दा धेरै अन्न फलाउन सकिने भएकोले तराइलाई सिचाइ चाहिएको हो।

(ग) होस्टेमा हैंसे गदां देशलाई कस्तो फाइदा पुग्छ?
→ होस्टेमा हैंसे गर्दा देशभरी नै उत्पादन र उत्पादकत्व बढाएर देशलाई आत्मनिर्भर बनाउन सकिन्छ।

(घ) 'श्रम र सिपलाई स्वदेशमै लगाउनुपर्छ' भन्ने भनाइलाई पुष्टि गर्नु‌होस ।
→ जन्मभूमी स्वर्गभन्दा पनि उच्च र महान् हुने हुँदा नेपालीले श्रम, सिप र पसिना आफ्नै मुलुकमा बगाई समृद्ध राष्ट्र बनाउनुपर्छ। पहाडमा पसिना बगाए पहाडलाई स्वर्ग जत्तिकै सुन्दर बनाउन सकिने र तराईमा सिँचाइ भए प्रशस्त अन्न फलाउन सकिने भएकाले श्रम र सिपलाई स्वदेशमै लगाउनुपर्छ।

५. दिइएका प्रश्नको उत्तर लेख्नुहोस्।

(क) नेपाली धरती विश्वमै महान् छ भन्ने भनाइलाई कविताका आधारमा वर्णन गर्नुहोस् ।

→ नेपाली धर्ती विश्वमै अनुपम छ। नेपालको पहाडी भूभाग स्वर्गलाई बिर्साउने किसिमको छ। तराई क्षेत्रमा सुनका बाला झैँ लहलह धानका बाला झुलाउने उर्वर भूमी छ। हाम्रो देशले सृष्टीकै बेला वेद जस्तो विज्ञान पाएको थियो। देवता, ऋषि र मनुष्यको साझा भूमी नेपालमा यी सबै मिलि वेदान्त गाएका थिए। मुन्धुम, धम्मपद जस्ता महान् सम्पदा यसै देशका चिनारी हुन्। यो देश हिन्दु, बौद्ध, किराँत धर्मको आधारभूमी पनि हो। नेपालको जस्तो धार्मिक विविधता र एकता संसारका अन्य मुलुकमा विरलै पाइन्छ। अतः ऋषिमुनिहरूको तपस्या स्थल, ज्ञानको उदय र विकास भएको पवित्र भूमी, वेद, वेदान्त, मुन्धुम जस्ता महान् ग्रन्थकारहरूको जन्मभूमी भएका कारण नेपाली धरती विश्वमै महान् छ।

(ख) कवितामा धार्मिक विविधतालाई कविले कसरी चिनाएका छन्?

→ नेपाल धार्मिक विविधतायुक्त मुलुक हो। विश्वकै सर्वोत्कृष्ट सनातन वैदिक धर्म, शान्तिको श्रोत र कर्मयोगी बौद्ध धर्म तथा प्रकृति पुजक किराँत धर्मका अनुयायी रहेको ठाउँ नेपाल नै हो। यहाँ हिन्दु, बौद्ध र किराँत धर्मका अनुयायीहरू एकआपसमा मिलेर र अन्तरसम्बन्धित भएर बसोबास गरेका छन्। यिनीहरूबीच कुनै किसिमको वैमनस्यता छैन अपितु विविधताभित्र एकता र हार्दिकता छ, समन्वय, सद्भाव र सहिष्णुता छ। एकआपसमा सहयोग र मेलमिलाप छ। यसै तथ्यलाई कविले सुत्रात्मक रूपमा कवितामा चिनाएका छन्।

(ग) कविताको दोस्रो श्लोकको विषयवस्तु वर्णन गर्नुहोस्।

→ एक जना नेपाली भोको हुनु भनेको सिङ्गो नेपाल भोको हुनु हो। एउटा नेपाली नाङ्गो हुनु भनेको सम्पूर्ण नेपाल नाङ्गो रहनु हो। तसर्थ नेपालीले पेटभर खान र आङ्भरि लुगा लगाउन पाउनुपर्छ। सम्पूर्ण नेपालीलाई मनग्ये खाना र लुगाकपडा पुर्याउनका लागि हामीले आफ्नो श्रम र सीपलाई आफ्नै माटोमा खन्याउनुपर्छ। यसरी आफ्नो राष्ट्रलाई समृद्ध पार्न कविले नेपालीलाई आह्वान गरेका छन्।

(घ) नेपाली हाम्रो श्रम र सिप' कविताको मूल भाव के हो?

→ ‘नेपाली हाम्रो श्रम र सिप’ नामक कविता कवि मुकुन्दशरण उपाध्यायद्वारा रचित देशभक्ति र राष्ट्रप्रेमले ओतप्रोत रचना हो। एकातिर वर्तमानमा नेपाली भाषा, साहित्य, कला, धर्म, संस्कृति र सभ्यतामाथि चारै दिशाबाट आक्रमण भइरहेको अवस्था छ भने अर्कोतिर नेपाली युवा जमात अध्ययन र आर्थिक उपार्जन गर्नका निमित्त विदेशिने क्रम पनि बाक्लिँदै गइरहेको छ। यस्तो विसम र असहज परिस्थितिमा नेपाली आफैँ सचेत भएर आफ्नो भाषा, धर्म, सभ्यता, संस्कृति र मौलिकताको संरक्षण र सम्वर्धनमा जुट्नुपर्छ। हाम्रो आफ्नै देशमा रोजगारीका अवसरहरू प्रशस्त छन्। सुनको कचौरा हातमा लिएर भीख माग्नुपर्ने अवस्था नेपालीको होइन। नेपाल ज्ञानविज्ञान र स्रोतसम्पदाले भरिपूर्ण र परिपूर्ण छ। सबै नेपालीका आधारभूत आवश्यकता परिपूर्ति गर्न सबै एकजुट बन्नुपर्छ। होस्टेमा हैँसे मिलाएर सबै नेपालीले चोखो श्रम र सिप स्वदेशमै लगायौँ भने देशलाई आत्मनिर्भर बनाउन सकिन्छ। वेद जस्तो विज्ञान पाएको र धार्मिक विविधता भएको नेपाल विश्वकै महान् राष्ट्र भएकाले आलस्य, निद्रा र हीनतालाई त्यागेर हाम्रो पौराणिक र ऐतिहाँसिक आभालाई जोगाउनु जरूरी छ। त्यसैले स्वदेशमै आफ्नो श्रम र सिपले सिञ्चित गरेर विकसित बनाउन, विश्वसामु नेपाल र नेपालीको गौरव बढाउनुपर्छ भन्ने आशय कवितामा रहेको छ।

६. 'नेपाली हाम्रो श्रम र सिप कविताको पहिलो श्लोक शिक्षकबाट सुनेर लेख्नुहोस्।

नेपाल बाँचे नेपाली हाम्रो गौरव बाँच्ने छ
नेपाली भाषा संस्कृति कला साहित्य साँच्ने छ
यसैले आउ नेपाललाई बलियो बनाऊँ
नेपाली हाम्रो श्रम र सिप स्वदेश मै लगाऊँ।

७. दिइएका कविताका पङ्क्तिलाई व्याकरणिक क्रम मिलाएर लेख्नुहोस्।

(क) पूर्वले दियो विश्वकै लागि रहस्य विशाल

→ पूर्वले विश्वकै लागि विशाल रहस्य दियो।

(ख) विश्वमै छैन धरती महान् यो देश समान

→ यो देश समान महान् धरती विश्वमै छैन।

(ग) नेपाल आमा यो दिव्य आभा जगाऊँ कसरी

→ नेपाल आमा यो दिव्य आभा कसरी जगाऊँ?

(घ) आलस्य निदा हीनता सारा भगाऊँ कसरी
→ सारा आलस्य निद्रा हीनता कसरी भगाऊँ?

८. भाव विस्तार गर्नुहोस्:

(क) नेपाल बाँचे नेपाली हाम्रो गौरव बाँच्ने छ
नेपाली भाषा संस्कृति कला साहित्य साँच्ने छ।

→ प्रस्तुत कवितांश ‘नेपाली हाम्रो श्रम र सिप’ शीर्षकको कविताबाट उद्धृत गरिएको हो। यस कविताका रचनाकार कवि मुकुन्दशरण उपाध्याय हुन्। उनले यस कवितांसमा नेपालको अस्तित्व रहेमा मात्र नेपालीको पनि अस्तित्व रहने राष्ट्रवादी चेत प्रस्तुत गरेका छन्।

देश भनेको भूगोल हो। त्यहाँका नागरिक, भाषा, संस्कृति पनि हो। भाषा, धर्म, कला र साहित्यभित्र देशको गौरव लुकेको हुन्छ, प्रतिष्ठा प्रच्छन्न रहेको हुन्छ। वर्तमान समयमा नेपाली भाषा, धर्म, संस्कृति, कला र साहित्य माथी सबै दिशाबाट आक्रमण भइरहेको छ। यसैले गर्दा एकातिर नेपालको भौगोलिक सिमाना जोगाउनु आवश्यक देखिन्छ भने अर्कातिर भाषा, धर्म, कला, संस्कृतिको जगेर्ना गर्नु पनि उत्तिकै आवश्यक देखिन्छ। यसलाई जोगाउने काम नेपाली जनताको नै हो। भाषाभित्र संस्कृति हुन्छ र भाषाले संस्कृति एवं सभ्यतालाई फैलाउने काम गर्दछ। तसर्थ, भाषा, धर्म, कला, संस्कृति र साहित्य देशका गौरव र प्रतिष्ठाका विषय हुन्। त्यसैले यस्ता अमूल्य निधिको संरक्षण र संवर्धन गर्नु आवश्यक छ। हाम्रा पुर्खाले वीरता प्रदर्शन गरेर नेपाललाई स्वतन्त्र मुलुकको रूपमा विश्वमै परिचित गराएकोले आज पनि नेपाललाई वीरहरूको मुलुक भनेर चिनिन्छ। यो गौरवगाथा र पहिचान बाँच्नुको मुख्य कारण नेपाल देशको अस्तित्व रहेकाले नै हो।

यसरी कविले प्रत्येक नेपालीमाझ राष्ट्रियभावना जगाएका छन्। नेपाल बाँचे मात्र नेपालीले स्वाभिमानपूर्वक बाँच्न पाउने र नेपाली भाषा, कला, साहित्यको संरक्षण हुने हुँदा यसतर्फ लाग्न प्रत्येक नेपालीलाई आह्वान गरेका छन्।

(ख) आशिष देऊ एकै र फेरि पसिना बगाऊँ
नेपाली हाम्रो श्रम र सिप स्वदेशमै लगाऊँ।

→ प्रस्तुत कवितांश ‘नेपाली हाम्रो श्रम र सिप’ शीर्षकको कविताबाट उद्धृत गरिएको हो। यस कविताका रचनाकार कवि मुकुन्दशरण उपाध्याय हुन्। यस कवितांसमा मानिसले मनभरि आँट, शरीरभरि फुर्ती, हातभरि सिप एकतृत गरेर सबै भाईभाईमा एकताका साथ आफ्नो राष्ट्रलाई समृद्ध बनाउने आशिष कविले नेपाल आमासँग मागेका छन्। त्यस्तै नेपाली श्रम र सिप स्वदेशमै लगाउनका लागि नेपाली युवासमक्ष बारम्बार आह्वान पनि गरेका छन्।

परिश्रमी पुर्खाका सन्तति हामी नेपालीको आजकल परिश्रम नगरी विलासितामा रम्ने बानी बस्दै गएको छ। श्रमलाई सम्मान गर्ने हाम्रो प्रचलन पनि विस्तारै खिइँदै गएको छ। कृषिप्रधान मुलुकमा कृषक र कृषि पेशालाई हेयका दृष्टिले हेर्न थालिएको छ। हामीलाई विदेश गएर जस्तोसुकै काम गर्न पनि नहिच्किचाउने तर स्वदेशमा भने काम गर्न आलस्य महसुस गर्ने बानी परेको छ। हीनता, आलस्य, निद्रा मान्छेको उन्नति, प्रगति र समृद्धीका बाधक हुन्। त्यसलाई हटाएर कसरी जाँगरिलो बनाउन सकिन्छ भन्ने आशय कविको छ। नेपाललाई पसिना चाहिएको छ। यस मुलुकमा रहेर पसिना बगाउँदै श्रम र सिपले देशलाई समृद्ध र सुन्दर बनाउने आशिष देऊ भनी कवि नेपाल आमासँग प्रार्थना गर्दछन्।

यसप्रकार नेपाली लोकलय झ्याउरे छन्दमा संरचित माथीको कवितांशले देशलाई पसिनाको आवश्यकता भएकोले सबै नेपालीले स्वदेशमै श्रम र सिप लगाउनुपर्ने भाव व्यक्त भएको छ।

९. श्रम र सिपलाई स्वदेशमै कसरी उपयोग गर्न सकिन्छ, कविताका आधारमा समीक्षा गर्नुहोस्।

→ मुकुन्दशरण उपाध्याय (वि.सं. १९९७) द्वारा रचित 'नेपाली हाम्रो श्रम र सिप' शीर्षकको कविता देशप्रेमको भाव अभिव्यक्त भएको कविता हो। यस कवितामा कवि उपाध्यायले युवालाई स्वदेशमै श्रम गर्न आह्वान गर्दै श्रम र सिपलाई स्वदेशमै उपयोग गर्न सकिने कुरा अभिव्यक्त गरेका छन्।

नेपालको अस्तित्व रह्यो भने मात्र नेपालीको गौरव बाँच्दछ। नेपाललाई बलियो बनाउन नेपाली भाषा, संस्कृति, कला र साहित्यको संरक्षण गर्दै स्वदेशमा नै हाम्रो श्रम र सिप लगाउनुपर्छ। तर आजकल नेपाली युवाहरू विदेशतर्फ आकर्षित छन्। नेपालीको श्रम र सिप विदेशी माटोमा पोखिन थालेको छ। यसले पक्कै पनि देशको हित गर्दैन। नेपालको भूमि उर्वर छ। केही पनि नफल्ने वा उब्जाउ नै नहुने मरुभूमि त कतै छैन। पहाडका खेतका गरा र बारीका पाटामा अन्न र फलफूल प्रशस्त उत्पादन हुन्छ। तराईका फाँटमा सुन जस्तै पहेंलपुर धानका बाला झुलाउने मनोहर सामर्थ्य छ। केवल सिँचाइका लागि नहर वा पानीको व्यवस्था मिलाउन आवश्यक छ। यो असम्भव र गर्न नसकिने काम होइन। त्यस्तै नेपालको प्राकृतिक सुन्दरताको चर्चा गर्दै कविले सर्वोच्च शिखर सगरमाथालाई विश्वकै शिरोमुकुट भनी वर्णन गरेका छन्। पूर्वीय दर्शनको रहस्य बोकेको र ऋषिमुनिहरूले झिसमिसेमा ब्यूँझेर रहस्य सुनेको यो देश पवित्र मात्र होइन हाम्रा पुर्खाको गौरवले अनेकतामा एकता कायम गरी विश्वमा चिनाएको मुलुक पनि हो। तसर्थ धार्मिक, प्राकृतिक र सांस्कृतिक विविधतामा एकताका माध्यमबाट नेपाललाई समृद्ध बनाउन सकिन्छ। एकातिर नेपालीसँग काम गर्ने जोस र जाँगर छ, श्रम र सिप छ भने अर्कोतिर उत्पादनशील जमिन उपलब्ध छ। तिनलाई उपयोग गरेर सम्पूर्ण नेपालीलाई मनग्ये खान र लाउन पुग्ने गरी उत्पादन गर्न सकिन्छ। युवाहरूको बिदेसिने क्रमले हाम्रा आफ्ना खेतबारी बाँझिन थालेका छन्। ती युवाहरूलाई स्वदेशमै बस्ने वातावरण मिलाई बाँझिएका खेतबारीलाई हराभरा बनाउनुपर्छ। त्यस्तै सबैले होस्टेमा हैंसे मिलाएर चोखो श्रम र सिप स्वदेशमा लगाउने हो भने पहाडले स्वर्ग भुलाउने र तराईमा सुनौला धानका बाला लहलहाउने बनाउन सकिन्छ। हिमाल, पहाड र तराईमा रहेका सबै नेपालीका आधारभूत आवश्यकता परिपूर्ति गर्न सबै एकजुट बन्नु आजको आवश्यकता हो।

त्यसैले नेपालीहरूले आफूसँग भएको श्रम र सिप प्रयोग गरेर नेपालीलाई पेटभरि खान र लाउन पुग्ने गरी उत्पादन गरौं भन्ने कविको आग्रह छ। त्यसै गरी आफ्नो भाषा, धर्म कला, संस्कृति र साहित्यको विकास गरेर देशको गौरव बढाउन सकिन्छ। यसरी कविले थोरै शब्दमा धेरै महत्त्वपूर्ण कुरा अभिव्यक्त गरेका छन्। कवितामा प्रयुक्त भाषाशैली सरल, सरस एवं मिठासपूर्ण छ।

१०. दिइएको अनुच्छेद र गजलको नमुना पढ्नुहोस् अनि गजलको संरचनाबारे कक्षामा छलफल गर्नुहोस् :

कविताका विभिन्न रूपमध्ये लघु रूप गजल हो। गजलको शाब्दिक अर्थ 'नारीसँगको प्रेमपूर्ण बातचित' भन्ने हुन्छ। यसले अहिले आफ्‌नो शाब्दिक अर्थलाई व्यापक गरी जनस्वै विषयवस्तुलाई सशक्त रूपमा प्रस्तुत गर्ने गर्छ। काव्यको श्रव्य विधाअन्तर्गत पर्ने गजलमा सङ्गीतको पनि उपयोग गरिन्छ। गजल लेखनको संरचना छुट्टै प्रकृतिको छ। यसमा अक्षर र पाउमा निश्चितता छैन तथापि यसको लेखनका क्रममा केही पक्षमा ध्यान पुऱ्याउनुपर्छ। एउटै लय वा छन्दबाट निर्मित दुई पंक्तिको योगबाट सेर निर्माण हुन्छ। सेर निर्माण गर्ने पङ्क्तिलाई मिसरा भनिन्छ। गजलको हरेक सेरमा दुई दुईओटा मिसरा हुन्छन्। गजलको पहिलो सेरलाई मतला भनिन्छ। यसमा विषयवस्तुको प्रारम्भिक उठान गरिएको हुन्छ। मतलाको पाउमा अन्त्यानुप्रास मिलेको हुनुपर्छ। दुवैमा समान प्रकृतिको अन्त्यानुप्रास भएको वर्ण, पद वा पदावलीलाई रदिफ भनिन्छ। रदिफ पहिलो सेरको दुवै पङ्क्ति र अन्य सेरका दोस्रो पङ्क्तिका अन्त्यमा दोहोरिने शब्द वा पदावली हो। रदिफ या अन्त्यानुप्रासभन्दा अगाडिका शब्दमा हुने अनुप्रासलाई काफिया भनिन्छ। यसलाई पूर्वअन्त्यानुप्रास पनि भनिन्छ। यो मतलाको दुवै पङ्क्तिमा र हरेक सेरको दोस्रो पङ्क्तिमा रदिफभन्दा अगाडि आउँछ। यसर्थ रदिफभन्दा अगाडि आउने एक वा एकभन्दा बढी शब्दयुक्त अनुप्रासलाई काफिया भनिन्छ। यसलाई गजलको अनिवार्य अङ्ग मानिन्छ। रचनाकारको उपनाम दिइएको अन्तिम सेरलाई मकता भनिन्छ। त्यसरी राखिएको उपनामलाई तखल्लुस भनिन्छ। यसलाई अनिवार्य मानिँदैन।

किन चाहियो?

दुई आँखीभौँ त तयार छन्, तरबार पो किन चाहियो
तिमी आफू मालिक भै गयौ, सरकार पो किन चाहियो

पहरा कडा छ कटाक्षको, हरदम तयारि मुहारमा
घर भन्नु भारि महल् न हो, दरबार पो किन चाहियो

कति चम्किलो छ हँसाइको, हिसिमा किरन् पनि दाँतको
मणिमोति नीर जुहार् न हो, अरू हार पो किन चाहियो।
- मोतीराम भट्ट

→ गजल संरचना सम्बन्धमा छलफल यसरी गर्नुहोस्:

गजलका तत्त्वहरू :
१. सेर: गजलका दुई पङ्क्तिलाई सेर भनिन्छ। सेरको पहिलो पङ्क्तिलाई ए उला र दास्रो पङ्क्तिलाई ए सानी भनिन्छ । ५ ओटा सेर भएको गजललाई आदर्श गजल भनिन्छ।
जस्तै: सुन झैँ हजारचोटि खारे पो जिन्दगी हो, (ए उला)
        कुन बेहोसीले भन्छ हारे पो जिन्दगी हो? (ए सानी)

२. काफिया: स्वरात्मक रूपमा रदिफभन्दा ठीक अगाडि बारम्बार दोहोरिएर आउने शब्द नै काफिया हो । काफिया नै गजलको मुटु हो। गजल विधा भनेर छुट्याउने मुख्य तत्त्व नै काफिया हो।

गमलामा फूल साऱ्यौ खासै कमाल के भो
बाँझो भूमिमा बिरुवा सारे पो जिन्दगी हो

हो काल चञ्चले छ आफ्नै लहडमा चल्छ
त्यसलाई च्याप्प छोपी नारे पो जिन्दगी हो

३. रदिफ: काफियापछि निरन्तर दोहारिएर आउने पद वा पदावलीलाई रदिफ भनिन्छ। रदिफ पहिलो सेरको दुवै पङ्क्ति र अन्य सेरको दोस्रो पङ्क्तिमा आउने गर्छ। यो एक किसिमको अन्त्यानुप्रास पनि हो। जस्तैः माथीको मोतीराम भट्टको गजलमा पो किन चाहियो

४. मतला: गजलको प्रारम्भको सेरलाई मतला भनिन्छ। मतलाको दुवै मिसरामा काफिया हुनु अति आवश्यक छ। अन्यथा यो मतला नभएर सेर मात्र हुन्छ। माथीको गजलमाः
दुइ आँखिभौं त तयार छन्, तरवार पो किन चाहियो
तिमी आफू मालिक भै गयौ, सरकार पो किन चाहियो।

५. मकता : गजलको अन्तिम सेरलाई मकता भनिन्छ। अन्तिम सेरमा लेखकको उपनाम पनि दिने चलन छ। त्यसरी राखिएको उपनामलाई तखल्लुस भनिन्छ तर यो अनिवार्य भने छैन।

११. कविताका सुरूका चार प‌ङ्क्तिबाट कनै दुईजोडी बोध प्रश्न निर्माण गरी तिनको उत्तर लेख्नुहोस्।

→ पहिलो चार पङ्क्तिबाट बोध प्रश्न र उत्तरहरू निम्नानुसार छन्ः
(क) हामी नेपालीको गौरव कसरी बचाउन सकिन्छ?
उत्तरः नेपालको अस्तित्व जोगाएर हामी नेपालीको गौरव बचाउन सकिन्छ।

(ख) नेपाललाई कसरी बलियो बनाउन सकिन्छ?
उत्तरः हाम्रो श्रम र सिपलाई स्वदेशमै लगाएर नेपाललाई बलियो बनाउन सकिन्छ।

१२. दिइए‌को अनुच्छेद पढ्नुहोस् र सोधिएका प्रश्नको उत्तर लेख्नु‌होस्।

मानव समाजमा विपत्ति तथा जोखिमका पर्याप्त सम्भावना छन्। व्यक्तिगत जीवन, रोजगारी, व्यावसायिक कारोवार आदि सबैमा जोखिम व्याप्त रहेको छ। बिमालाई जोखिम हस्तान्तरण गर्ने उपायका रूपमा लिइन्छ। अनिश्चित जोखिम हस्तान्तरण गरी क्षतिपूर्ति गर्ने माध्यम नै बिमा हो। बिमितले एक निश्चित रकम बिमकलाई दिने बिमा एक प्रकारको सम्झौता हो। यसरी बिमकलाई आकस्मिक सङ्कट उत्पन्न भएमा एक निश्चित रकम दिने वा क्षतिपूर्ति दिने भनी गरिने प्रतिज्ञा नै बिमा हो। बिमा व्यवसायले जीवनमा आइपर्ने खतरा वा विपत्ति रोक्न सकिन्न तर यस्ता विपत्तिबाट हुने आर्थिक क्षतिबाट एक हदसम्म राहत दिन्छ। वित्तीय रूपमा हुने हानि नोक्सानीको क्षतिपूर्ति प्रदान गरेर बिमाले जोखिमबाट बच्न सहयोग गर्छ। यो दुई पक्षका बीचमा हुने करार पनि हो। बिमालाई निजी र सरकारी दुई प्रकारमा वर्गीकरण गरिएको छ। निजी बिमालाई पनि जीवन बिमा र सम्पत्ति तथा दायित्व बिमा गरी विभाजन गर्न सकिन्छ। मानिसको जीवनसँग सम्बन्धित जोखिम विरुद्ध गरिने बिमालाई जीवन बिमा भनिन्छ। हिजोआज प्रत्येक व्यक्तिले अनिश्चित जोखिमको सुरक्षाका लागि बिमा गर्छन्। सम्पत्ति तथा दायित्व बिमामा अग्नि बिमा, सामुद्रीक बिमा, आकस्मिक बिमा पर्छन। त्यस्तै गरी सरकारी बिमालाई पनि सामाजिक बिमा र अन्य सरकारी बिमामा विभाजन गर्न सकिन्छ। सामाजिक बिमाअन्तर्गत वृद्धावस्था, आश्रित तथा अशक्तता बिमा, स्वास्थ्य बिमा, बेराजगारी बिमा, कामदार वा मुआब्जा बिमा, अनिवार्य अस्थायी अशक्तता बिमा आदि पर्छन्। अन्य सरकारी बिमाअन्तर्गत उपदान समाप्ति बिमा, सङ्‌घीय बाढी पहिरो बिमा, सङ्‌घीय बाली बिमालगायतका थुप्रै कार्यक्रम पर्छन्। बिमाले हानि या नोक्सानीको क्षतिपूर्ति, कम चिन्ता र त्रास, लगानीयोग्य कोषको स्रोत, क्षति नियन्त्रण तथा रोकथाम, साखको वृद्धि आदिमा फाइदा पुऱ्याउँछ। हिजोआज सरकारले स्वास्थ्य बिमालाई पनि उच्च प्राथमिकतामा राखेको छ। गुणस्तरीय स्वास्थ्य सेवा सर्वसाधारणलाई प्रवाह गर्ने र स्वास्थ्य सेवाको सुनिश्चितता गर्ने उद्देश्यले स्वास्थ्य बिमालाई उपयोगमा ल्याइएको हो।

(क) प्रश्नहरू
(अ) बिमा भनेको के हो?
→ अनिश्चित जोखिम हस्तान्तरण गरी क्षतिपूर्ति गर्नका लागि गरिएको करार सम्झौता वा माध्यम नै विमा हो।

(आ) बिमालाई एक प्रकारको सम्झौता मानिनुको कारण लेख्नुहोस्।
→ बिमकलाई आकस्मिक सङ्कट आइपरेमा एक निश्चित रकम वा क्षतिपूर्ति दिन भनी बिमक र बिमितका बिचमा गरिने करार भएकाले यसलाई एक प्रकारको सम्झौता मानिन्छ।

(इ) सामाजिक बिमा अन्तर्गत के के पर्छन्?
→ सामाजिक बिमा अन्तर्गत बृद्धावस्था, आश्रित तथा अशक्त बिमा, बेरोजगारी बिमा, कामदार वा मुआब्जा बिमा, अनिवार्य अशक्तता बिमा आदि पर्दछन्।

(ई) बिमाबाट के के फाइदा हुन्छ?
→ बिमाबाट हानि वा नोक्सानीको क्षतिपूर्ति, कम चिन्ता र त्रास, लगानी कोषको स्रोत, क्षति नियन्त्रण तथा रोकथाम, साखको वृद्धि आदिमा फाइदा हुन्छ।

(ख) भाषिक संरचना र वर्णविन्यास पहिचान गर्नुहोस्।
(अ) अनुच्छेदबाट एक एकओटा उद्देश्य र विधेय विस्तारक वाक्य पहिचान गर्नुहोस्।
→ उद्देश्य विस्तार वाक्य – हिजोआज प्रत्येक व्यक्तिले अनिश्चित जोखिमको सुरक्षाका लागि बिमा गर्छन्।
→ विधेय विस्तार वाक्य – बिमा एक प्रकारको सम्झौता हो।

(आ) अनुच्छेदबाट एउटा जटिल वाक्य पहिचान गरी त्यसलाई सरल वाक्यमा परिवर्तन गर्नुहोस् ।
→ जटिल वाक्यः बिमा व्यवसायले जीवनमा आइपर्ने खतरा वा विपत्ति रोक्न सक्दैन तर यस्ता विपत्तिबाट हुने आर्थिक क्षतिबाट एक हदसम्म राहत दिन्छ।
→ सरल वाक्यमा परिवर्तन गर्दाः बिमा व्यवसायले जीवनमा आइपर्ने खतरा वा विपत्ती रोक्न सक्दैन। यस्ता विपत्तीबाट हुने आर्थिक क्षतिबाट एक हदसम्म राहत दिन्छ।

(इ) अनुच्छेदबाट ‘ष’, ‘श’ र ‘स’ प्रयोग भएका एक एकबोटा शब्द टिपी तिनको अर्थ लेख्नुहोस्।
श – अशक्त (कमजोर वा दुर्बल)
→ ष – कोष (अन्नहरू सुरक्षित राखिने भण्डार; ढुकुटी)
→ स – समाज (एकै स्थानमा बसोवास गर्ने मानिसहरूको समूह)

१३. दिइए‌को सन्दर्भ पढ्नुहोस् र तोकिएको कार्य गर्नुहोस्।

अरूबाट सम्मान पाउन मान्छे दयालु हुनुपर्दो रहेछ। यसका लागि दुःखमा परेका मानिस र छरछिमेकका मानिस तथा कार्यालयमा आफ्ना सहकर्मीलाई आफूले सकेको वा जानेको सहयोग गर्नुपर्दो रहेछ। अरूलाई सहयोग गर्ने बानीबाट उनीहरूको सम्मान पाउन सकिँदो रहेछ। आफ्नो सम्मान पाउन अरूलाई सम्मान दिनुपर्दो रहेछ। आफूभन्दा सानालाई माया र ठूलालाई आदर गर्नु हाम्रो संस्कारको एक हिस्सा पनि हो। अरूबाट सम्मान पाउन अरूको कुरा राम्रोसँग सुन्नु पनि पर्दो रहेछ। जब तपाईँ मानिसको कुरो ध्यान दिएर सुन्नुहुन्छ त्यतिखेर मात्रै उनीहरूको नजरमा तपाईँप्रतिको सम्मान बढ्छ। सम्मान पाउन सामाजिक पनि बन्नुपर्दो रहेछ। यसका लागि आफ्नो जनसम्पर्कलाई राम्रो बनाउनुपर्दो रहेछ। नरिसाउने, खुसी रहने, अरूसँग हाँसेर कुरा गर्ने व्यक्ति पनि सम्मान पाउन लायक हुँदोरहेछन्।

तपाईँका कक्षामा एकजना लोकप्रिय समाजसेवी आउनुभयो। कक्षाका विद्यार्थी पालैपालो बोलेर ती व्यक्तिका विशेषता बताउँदै तिनको सम्मान कसरी गर्नुहुन्छ, अभिनय गर्नुहोस्।

सुनाई र बोलाई

१. सुनाइ पाठ ८ सुन्नुहोस् र दिइएका प्रश्नको उत्तर भन्नुहोस्।

(क) सजीव तत्व भन्नाले के बुझिन्छ?
→ सजीव तत्व भन्नाले सुक्ष्म जिवाणुदेखि ठूलाठूला जनावरका साथै बोटविरूवा जस्ता पृथ्वीको सम्पूर्ण प्राणी तथा वनस्पतिलाई बुझिन्छ।

(ख) पृथ्वीको वातावरणलाई कति किसिममा विभाजन गरिएको छ?
→ पृथ्वीको वातावरणलाई वातावरणीय तत्वको समानुपातिक संरचनाका आधारमा जल, स्थल र वायु गरी प्रमुख तीन भागमा वर्गीकरण गरिएको छ।

(ग) महासागरको पानी नुनिलो हुनाको कारण के हो?
→ महासागरमा नुनको मात्रा अधिक हुने हुनाले त्यहाँको पानी नुनिलो हुन्छ।

(घ) वायु पारिस्थितिक प्रणालीको सिर्जना कसरी हुन्छ?
→ वायु वातावरणमा चराचुरूङ्गी तथा किटपतङ्गको वातावरण पर्छ र यिनै वातावरणमा वायु पारिस्थितिक प्रणालीको सिर्जना हुन्छ।

२. पारिस्थितिक प्रणालीको सन्तुलनका लागि के के कुरामा ध्यान पुर्याउनुपर्छ, सुनाइ पाठ ८ का आधारमा भन्नुहोस्।

→ पारिस्थितिक प्रणालीको सन्तुलनका लागि हामीले जल, स्थल र वायु गरी तीनवटै क्षेत्रको स्वच्छतामा ख्याल पुर्याउनुपर्छ।

भाषिक संरचना र वर्णविन्यास

१. दिइएका वाक्य पढी उद्देश्य, विधेय तथा तिनको विस्तार पहिचान गर्नुहोस्।

(क) 
(अ) उद्देश्य हिँड्यो।
→ उद्देश्यः उद्देश्य,
    विधेयः हिँड्यो

(आ) कर्ता भनिने वाक्यको उद्देश्य क्रिया भनिने विधेय खोज्न हिँड्यो।
→ उद्देश्यः उद्देश्य,
    विधेयः हिँड्यो,
    उद्देश्य विस्तारः कर्ता भनिने वाक्यको,
    विधेय विस्तारः क्रिया भनिने विधेय खोज्न

(इ) आफ्ना बायाँपट्टिका सबै पदलाई उद्देश्य विस्तार मान्ने वाक्यको कर्ता भनिने उद्देश्य चाहिँ आफ्ना बायाँपट्टिका सबै पदलाई विधेय विस्तार ठान्ने वाक्यको क्रिया भनिने विधेय खोज्न हिँड्यो ।
→ उद्देश्यः उद्देश्य,
    विधेयः हिँड्यो
  विधेय विस्तारः आफ्ना बायाँपट्टिका सबै पदलाई विधेय विस्तार ठान्ने वाक्यको क्रिया भनिने विधेय खोज्न

(ख) माथिका तीनओटै वाक्यमा रेखाङ्कित उद्देश्य र विधेय उही छ । पहिलो वाक्य उद्देश्य र विधेय मात्र भएको वाक्य हो । दोस्रो वाक्यमा उद्देश्यभन्दा अगाडि तीनओटा पद भएको एउटा पदसमूह छ त्यो उद्देश्यको विस्तार हो भने विधेयभन्दा अगाडि चारओटा पद भएको पदसमूह छ । त्यो विधेयको विस्तार हो ।

तेस्रो वाक्यको उद्देश्य, विधेय, उद्देश्य विस्तार र विधेय विस्तार पद कुन कुन हुन्? कक्षामा शिक्षकलाई बताउनुहोस्।

२. दिइएका वाक्यबाट उद्देश्य र विधेय छुट्याउनुहोस् :

(क) ४५ वर्षका कृष्ण राय गाउँका सबभन्दा भद्र मानिस थिए।
(ख) माथ्ला घरकी साहिँली दिदी असाध्यै छिटो छिटो हिँडिन्।
(ग) विचार गर्दागर्दै कृष्ण रायले रेलको डब्बामा भएको झगडा सम्झे।
उद्देश्य विधेय
कृष्ण राय थिए
दिदी हिँडिन्
कृष्ण राय सम्झे

३. दिइएका अनुच्छेद पढी सरल र जटिल वाक्य पहिचान गर्नुहोस् :

(क) ऋषिले वेद लेखे। त्यो वेदमा ज्ञान छ। ऋषि हिमाली पाखामा बसे। उनले त्यहीं वेद लेखे। व्यासले पुराणका गाथा गाए। व्यासले पुराण नेपाली भाकामा गाए। हाम्रो हिमाल राम्रो छ। हाम्रो पहाड राम्रो छ। हाम्रो तराई राम्रो छ।

(ख) ऋषिले जुन वेद लेखे त्यो वेदमा ज्ञान छ। ऋषि जुन हिमाली पाखामा बसे त्यहीं बसेर वेद लेखे। व्यासले जुन पुराणका गाथा गाएका छन् ती सबै नेपाली भाकामा गाएका छन्। हाम्रो हिमाल राम्रो छ भने हाम्रो पहाड र तराई राम्रो छ ।

(ग) ऋषिले वेद लेखे र त्यो वेदमा ज्ञान छ । ऋषि हिमाली पाखामा बसे अनि उनले त्यहीं वेद लेखे । व्यासले पुराणका गाथा गाएका छन् र ती सबै नेपाली भाकामा छन् । हाम्रो हिमाल राम्रो छ अनि हाम्रो पहाड र तराई राम्रो छ ।

माथिको 'क' को अनुच्छेदका वाक्य सरल वाक्य हुन् भने 'ख' र 'ग' का अनुच्छेदका वाक्य जटिल वाक्य हुन्। जटिल वाक्य अन्तर्गतका 'ख' का मिश्र वाक्य हुन् भने 'ग' का संयुक्त वाक्य हुन्।

४. जुन - ती, जति त्यति, भने, भन्ने जस्ता सापेक्ष संयोजक जोडेर पाँचओटा मिश्र वाक्य बनाउनुहोस्।

- जुन किताब मन पर्छ ती लैजाऊ।

- जतित्यति खाऊ।

- जति पढ्यो त्यति ज्ञान प्राप्त हुन्छ।

- तिमी गीत लेख्छौ भने म सङ्गीत भर्छु।

- तिमी डाक्टर बन्छौ भन्ने मलाई पहिले नै थाहा थियो।

५. र, अनि, वा, अथवा, तर जस्ता निरपेक्ष संयोजक जोडेर पाँचओटा संयुक्त वाक्य बनाउनुहोस्।

- प्रकृति बजार गई किताब किनी।

- प्रकृति बजार गई अनि किताब किनी।

- सफलता चाहन्छौ भने मेहनत गर वा असफलताको सामना गर।

- तिमी आऊ अथवा भाइलाई पठाऊ।

- मैले सजनालाई बोलाएँ तर उनी आइनन्।

६. दिइएका सङ्केतका आधारमा वाक्य परिवर्तन गर्नुहोस् :

(क) जब गड्गडाएर पानी पर्यो तब बाढी आयो। (सरल वाक्य)
→ गड्गडाएर पानी परेपछि बाढी आयो।

(ख) कुकुर भुक्छ। कुकुरले टोक्दैन। (मिश्र वाक्य)
→ जुन कुकुर भुक्छ त्यो कुकुरले टोक्दैन।

(ग) ऊ राम्रो पढ्छ र सफल हुन्छ। (सरल वाक्य)
→ ऊ राम्रो पढ्नाले सफल हुन्छ।

(घ) घाम लाग्यो। न्यानो भयो। (संयुक्त वाक्य)
→ घाम लाग्यो अनि न्यानो भयो।

(ङ) म धेरै हिँडे। मेरा खुट्टा दुखे। (मिश्र वाक्य)
→ जब म धेरै हिँडे तब मेरा खुट्टा दुखे।

(च) श्रमिकले श्रम गर्छन्। श्रमिकले जीविकोपार्जन गर्छन्। (संयुक्त वाक्य)
→ श्रमिकले श्रम गर्छन् अनि जीविकोपार्जन गर्छन्।

७. आफ्नो परिचय १० वटा सरल वाक्यमा दिनुहोस्।

→ मेरो नाम ......... हो। म कक्षा १० मा पढ्छु। मेरो बाबा कृषक हुनुहुन्छ। मेरो बाबाले गाईवस्तु पनि पाल्नुभएको छ। मेरी आमा गृहणी हुनुहुन्छ। मेरी आमाले घरका सबै काम गर्नुहुन्छ। म मेहेनतका साथ पढ्छु। मलाई गुरुहरूले पनि माया गर्नुहुन्छ। मेरी एकजना बहिनी पनि छिन्। उनी कक्षा ९ मा पढ्छिन्।

८. प्रश्न नं. ७ मा लेखिएको उत्तरलाई पाँचओटा संयुक्त वाक्यमा रूपान्तरण गर्नुहोस्।

→ मेरो नाम ......... हो र म कक्षा १० मा पढ्छु। मेरो बाबा कृषक हुनुहुन्छ र मेरो बाबाले गाईवस्तु पनि पाल्नुभएको छ। मेरी आमा गृहणी हुनुहुन्छ अनि मेरी आमाले घरका सबै काम गर्नुहुन्छ। म मेहेनतका साथ पढ्छु र मलाई गुरुहरूले पनि माया गर्नुहुन्छ। मेरी एकजना बहिनी पनि छिन् अनि उनी कक्षा ९ मा पढ्छिन्।

९. दिइएको अनुच्देछ पढी ‘श’, ‘ष’ र ‘स’ प्रयोग भएका शब्द रेखाङ्कन गर्नुहोस्।

शवगृहमा आफन्तको शव देखेर आएजति सबका आँखा रसाएषोडश वर्षीय विस्ट सर सङ्खुवासभा, सोलुखुम्बु, पर्सा, सिराहा घुमेर हिजो मात्र सुर्खेत पुगेका र आजै नेपाल वायुसेवाको विमानबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा झरेका थिए। कठै! उनलाई राती हृदयघात भएछ। उनलाई श्रद्धाञ्जली दिन शम्भु सर, श्रुति मिस, विष्णु सरसन्देश सर पनि आइपुगेका थिए।

१०. ‘नेपाली हाम्रो श्रम र सिप’ कविताबाट ‘श’, ‘ष’ र ‘स’ प्रयोग भएका तीन तीनवटा शब्द लेख्नुहोस्।

→ श – विशाल, देश, शिरोमुकुट
→ ष – भाषा, ऋषि, आशिष
→ स – साहित्य, पसिना सम्पदा

११. दिइएको अनुच्छेदमा ‘श’, ‘ष’ र ‘स’ प्रयोगसम्बन्धी अशुद्धि सँच्याएर पुनर्लेखन गर्नुहोस्।

→ उषा भनेको बिहान हो र निशा भनेको साँझ हो। हाम्रो बसोबास शहरमा छ। राती भयो भने गाउँबाट शहरमा सजिलै पुग्न सकिँदैन। नत्र धेरै कष्टसहित अँध्यारामा शहर फर्कनुपर्छ।

सिर्जना र परियोजना कार्य

१. दिइएको गजल पढ्नुहोस् र एउटा मुक्तक वा गजल तयार पार्नुहोस्।

फरक छन् नजरको कुरा के गरूँ खै
म गाला अधरको कुरा के गरूँ खै।

कलेटी परेको छ सुन्दै छु लाली
नमिठो खबरको कुरा के गरूँ खै।

दिँदै दिन्न केही दिए चोट दिन्छ
निठुरी शहरको कुरा के गरूँ खै।

बदर नै सदर छ सदर नै बदर छ
सदरको बदरको कुरा के गरूँ खै।

न यता न उता स्विकार भएँ,
आश गरेकै बाट दिक्दार भएँ।

म अम्ल तिमी क्षार लवण बनाऔँ भन्थेँ,
एक्लो छु आज भिनेगार भएँ।

एक स्वाभिमान थियो घटेर गयो
त्यसका लागि आफैँ जिम्मेवार भएँ।

चाहेको होइन यस्तो होस जीवनमा
तर प्रतिदिन कसैबाट व्यापार भएँ।
- महेश बराल

२. रेडियो, टेलिभिजन वा विद्युतीय सामग्रीबाट आफूलाई मन पर्ने गीति कविता टिपोट गरेर कक्षामा सुनाउनुहोस्।

→ यो कविता कवि माधव घिमिरेद्वारा लिखत गिती कविता हो ।
  नेपाली हामी रहौँला कहाँ (नेपालै नरहे)२
उचाइ हाम्रो चुलिन्छ कहाँ (हिमालै नरहे)२
  तराई हाम्रो सुनको टुक्रा हिमाल हिराको
    माटो र पानी पहिलो धन धर्तीका छोराको
  ए कहाँबाट संसार हेर्छौ (सन्झ्यालै नरहे)३
   
  दसैँ र तिहार रमाइला हाम्रा चुड्का र ख्यालीले
  हिर्दय हाम्रो जुर्मुराउँछ जितको झ्यालीले
  बैँसको तालमा नाचौँला कहाँ (मादलै नरहे)३
  
  ए कति राम्रो बिहानी पख घामको रेखी हो 
सभ्यता पहिलो संसारमा फैल्यो हिमाल देखि हो  
  बिम्झौँला कहाँ पुर्वको पैलो (उज्यालै नरहे)३
  नेपाली हामी रहौँला कहाँ (नेपालै नरहे)२

class 10 nepali guide | पाठ १ | उज्यालो यात्रा | कक्षा १०

        पाठ १        


         उज्यालो यात्रा

 
Poet Ram Prasad Gyawali
रामप्रसाद ज्ञवाली

शब्दभण्डार 

१. दिइएका अर्थ आउने शब्द “उज्यालो यात्रा” कविताबाट खोजेर लेख्नुहोस्:

(क) मनमा उत्पन्न हुने भाव वा विचार : भावना

(ख) श्रीखण्ड घोटेर बनाइएको लेप : चन्दन

(ग) गौरवले भरिएको : सगौरव

(घ) आफ्‌नो स्वामित्व वा अधिकार छोडने काम : त्याग

(ङ) सबैभन्दा उच्च वा अग्लो : सर्वोच्च

२. दिइएको अनुच्छेदबाट दुई जोडी पर्यायवाची शब्द पहिचान गर्नुहोस्:

गाई मानिसले पाल्ने घरपालुवा जनावर हो। यो चौपाया भित्र पर्छ। मानवका लागि गाईको दूध निकै पोसिलो हुन्छ। शरीर स्वस्थ राख्न तागतिला कुरा खानुपर्छ। दुग्ध र दुग्धजन्य पदार्थ बिक्री गरेर मान्छेले आर्थिक उपार्जन पनि गर्छन्। गाईपालनलाई व्यवसायका रूपमा प्रयोग गरेर धेरै आम्दानी गर्न सकिन्छ।

मानिस – मानव

गाई – चौपाया

दूध – दुग्ध

आम्दानी – आर्थिक उपार्जन

३. दिइएका शब्दको पर्यायवाची शब्द लेख्नुहोस्:

शक्ति, प्रेम, धर्ती, शिर, कर्म, सुन्दर, जिन्दगी, महान्, हावा, आकाश, नयन

शक्ति – सामर्थ्य, तागत, बल, क्षमता

प्रेम – माया, स्नेह, प्यार, प्रीति

धर्ती – पृथ्वी, धरणी, धरा, वसुन्धरा

शिर – माथ, मस्तक, टाउको

कर्म – काम, कार्य, भाग्य, तकदिर

सुन्दर – मनोहर, राम्रो, चित्ताकर्षक, आकर्षक

जिन्दगी – जीवन, चोला, जीवनकाल, बँचाइ

महान् – ठूलो, उच्च, विशाल, महत्

हावा – पवन, वायु, समीर, बतास

आकाश – गगन, नभ, व्योम, अन्तरिक्ष

नयन – आँखा, नेत्र, चक्षु, लोचन

४. ‘उज्यालो यात्रा’ कविताबाट खोजेर तल दिइएका शब्दको विपरीतार्थी शब्द लेख्नुहोस्

निम्न, दुःखी, अज्ञान, सम्भव, आफ्नो, अन्याय

निम्न – उच्च

दुःखी – सुखी

अज्ञान – ज्ञान

सम्भव - असम्भव

आफ्नो - पराइ

अन्याय - न्याय

५. उदाहरणमा दिए जस्तै कुनै पाँच जोडी विपरीतार्थी शब्द खोजी वाक्यमा प्रयोग गर्नुहोस्:

उदाहरण : धारिलो – भुत्ते , सम्भव – असम्भव, सुन्दर – कुरूप, न्याय – अन्याय, गाउँ – शहर

धारिलो - धारिलो हतियार चलाउँदा होसियार हुनुपर्छ।

भुत्ते - भुत्ते खुकुरीले काम दिँदैन।

सम्भव - रोजगारीको अवसर सिर्जना गर्नसके बिदेसिने युवाहरूलाई रोक्न सम्भव छ।

असम्भव - मुस्ताङको स्याउ काठमाडौँको बजारमा ल्याउन असम्भव छैन।

सुन्दर - नेपाल प्रकृतिको सुन्दर बगैंचा हो।

कुरूप - प्राकृतिक सौन्दर्यलाई मानिसले नै कुरूप पारेका छन्।

न्याय - असल नागरिक न्यायका पक्षमा उभिन्छन्।

अन्याय - अरूलाई अन्याय गर्ने काम गर्नु हुँदैन।

गाउँ – गाउँमा प्रायः किसानहरूले खेतीपाती र पशुपालन गरेर आफ्नो जीवन बिताउँछन्।

शहर - शहरमा रोजगारीका अवसरहरू धेरै छन् ।

बोध र अभिव्यक्ति

१. दिइएका शब्दको शुद्ध उच्चारण गर्नुहोस्:

असम्भव, उच्च, निर्माण, संसार, लालच, सदैव, उद्यत, यात्रा, आदर्श, विश्व

२. दिइएको कवितांश आठ आठ अक्षरमा विश्राम गरी वाचन गर्नुहोस्:

            ८ अक्षर                              ८ अक्षर

जसका कर्मले बन्छन             जिन्दगी हंसिला सुखी

अरूको लिनुमा भन्दा            दिनुमा बन्छ जो खुसी

ईष्याद्वेष हटाएर                    जो छर्छन् प्रेम सौरभ

तिनै मान्छेहरू बन्छन्            विश्वका निम्ति गौरव।

३. उज्यालो यात्रा कविता पालैपालो लयबद्ध वाचन गर्नुहोस्।

४. दिइएको अनुच्छेद पढी अनुष्टुप छन्दबारे साथीबिच छलफल गर्नुहोस्:

अनुष्टुप छन्दका चार पाउ हुन्छन्। यसका प्रत्येक पाउमा आठ अक्षर हुन्छन्। यस छन्दमा हरेक श्लोकको प्रत्येक पाउको पाँचौं अक्षर लघु (ह्रस्व) हुन्छ र छैटौं अक्षर गुरु (दीर्घ) हुन्छ। पहिलो र तेस्रो पाउको सातौं अक्षर गुरु अनि दोस्रो र चौथो पाउको सातौं अक्षर लघु (ह्रस्व) हुन्छ। यसरी प्रत्येक पाउमा सातौं अक्षर क्रमशः गुरु लघु बनिरहन्छ अर्थात् पहिलो पाउमा गुरु, दोस्रो पाउमा लघु, तेस्रो पाउमा गुरु र चौथो पाउमा लघु हुन्छ । प्रत्येक आठौं वर्णपछि यति वा विश्राम हुन्छ ।

५. 'उज्यालो यात्रा' कविताबाट लेखन र उच्चारण फरक हुने कुनै पाँचओटा शब्द टिपी तिनको शुद्ध उच्चारण गर्नुहोस् ।

६. उदाहरणमा दिए जस्तै जोडी अनुप्रासयुक्त शब्द पाठबाट खोजेर लेख्नुहोस् : 

उदाहरणः चन्दन - नन्दन

सुखी – खुशी

सौरभ – गौरव

भरी – छरी

मस्तक – उद्यत

चलुँला – बलुँला

खनुँला – बनुँला

७. दिइएको कवितांश पढी सोधिएका प्रश्नको उत्तर दिनुहोस् :

जसका भावना हाँस्छन् मनमा रागिनी भरी

जसका जिन्दगी बाँच्छन रातमा चाँदनी छरी।


प्रश्नहरू

(अ) यस कवितांशका चार पाउ छुट्याएर लेख्नुहोस्।

→ जसका भावना हाँस्छन्

मनमा रागिनी भरी

जसका जिन्दगी बाँच्छन्

रातमा चाँदनी छरी।

(आ) कवितांशका चारै पाउको पाँचौं ह्रस्व वर्ण रेखाङ्कन गर्नुहोस्।

→ जसका भाना हाँस्छन्

मनमा रागिनी भरी

जसका जिन्गी बाँच्छन्

रातमा चाँनी छरी।

(इ) कवितांशका चारै पाउको छैटौं दीर्घ वर्ण रेखाङ्कन गर्नुहोस्।

→ जसका भावना हाँस्छन्

मनमा रागिनी भरी

जसका जिन्दगी बाँच्छन्

रातमा चाँदनी छरी।

(ई) कवितांशका चारै पाउका सातौं वर्ण क्रमशः लेख्नुहोस् ।

→ जसका भावना हाँस्छन् = हाँ

मनमा रागिनी भरी = भ

जसका जिन्दगी बाँच्छन् = बाँ

रातमा चाँदनी छरी। = छ

८. दिइएको कवितांश पढी सोधिएका प्रश्नको उत्तर दिनुहोस् :

जुटेका ज्ञानले जो छन् पार्दै धर्ती मनोहर

उठेका कर्मले जो छन् गर्दै निर्माण सुन्दर।

समर्पित भएका छन् जो सदा न्यायखातिर

संसारमा उठेका छन् तिनैका विजयी शिर।


प्रश्नहरू

(क) धर्तीलाई केले मनोहर बनाएको छ?

→ ज्ञान र अनुभवले धर्तीलाई मनोहर बनाएको छ।

(ख) कर्म गर्नेको जिन्दगी कस्तो बन्छ?

→ कर्म गर्नेको जिन्दगी सुन्दर बन्छ।

(ग) कवितांशमा कस्ता मानिसको शिर उचो हुन्छ भनिएको छ?

→ अन्यायका विरूद्ध लड्ने र न्यायका पक्षमा समर्पित हुने मानिसको शिर उचो हुन्छ भनिएको छ।

(घ) कवितांशबाट के सन्देश पाइन्छ?

→ अनुभव, ज्ञान र कर्मले धर्तीलाई सुन्दर बनाउन सकिन्छ। समाजमा अन्यायका विरूद्ध लड्ने र न्यायका निम्ति समर्पित हुने मानिस नै विजयी हुने र तिनैको शिर विश्वमा उच्च हुने हुँदा सामाजिक न्याय र समानताका लागि काम गर्नुपर्दछ।

अतः यस कवितांशले हामीलाई ज्ञान प्राप्त गर्न, मेहनत गर्न, न्यायमा अडिग रहन, र असल कार्यमा समर्पित रहिरहने सन्देश दिएको छ, किनकि यिनै चीजहरूले जीवनमा साँचो सफलता दिलाउँछन्।

९. दिइएका प्रश्नको उत्तर लेख्नुहोस्

(क) 'उज्यालो यात्रा' कविताको सुरुका दुईओटा श्लोकको आशय वर्णन गर्नुहोस् ।

→ कर्ममा अथाह शक्ति, ताकत, बल र क्षमता हुन्छ। त्यसैले कर्मयोगीले जङ्गललाई पनि स्वर्गको बगैँचा जस्तो बनाउन सक्छ। लगनशीलता र निरन्तरता भयो भने कुनै पनि कामले पनि सार्थकता पाउन सक्छ। त्यसको अर्थपूर्ण महिमा रहन्छ।

राम्रो काम थालनीको पहिलो शर्त भनेको सङ्कल्प अर्थात दृढ प्रतिबद्धता हो। कुनै पनि गन्तव्यमा पुग्न अठोट गर्नुपर्छ। जसले कुनै पनि काम सङ्कल्प लिएर दृढ प्रतिबद्धता एवम् लगनशीलताका साथ गर्छ, ऊ नै महान् व्यक्ति कहलाउँछ। त्यस्तो व्यक्ति नै समाज र राष्ट्रको आदर्श बन्न सक्छ। यही नै उज्यालो यात्रा कविताका सुरुका दुईओटा श्लोकको आशय हो।

(ख जीवन सार्थक पार्न के के गर्नुपर्छ?

→ जीवनलाई सार्थक बनाउन समयको सदुपयोग र आचरणको परिवर्तन आवश्यक छ। समय अमूल्य सम्पत्ति हो, र यसलाई जथाभावी खेर नफाली योजनाबद्ध तरिकाले उपयोग गर्नुपर्छ। आफ्ना आनीबानी, व्यवहार, र आचरणमा सकारात्मक परिवर्तन ल्याउँदै असल गन्तव्यमा पुग्न सकेमा जीवन अर्थपूर्ण बन्न सक्छ। साथै, व्यक्तिगत स्वार्थभन्दा माथि उठेर परोपकारका लागि आफ्नो समय, स्रोत, र ऊर्जा समर्पण गर्नु जीवनलाई थप महत्त्वपूर्ण बनाउने मार्ग हो। परोपकारका असल कर्मले मात्र आत्मसन्तुष्टि प्राप्त हुन्छ।

यसका साथै, अन्यायका विरुद्ध दृढता पूर्वक उभिनु र न्याय, समानता तथा मानव अधिकारका पक्षमा काम गर्न सकेमा समाज सुधार र व्यक्तित्व विकास दुवै सम्भव छ। न्यायपूर्ण समाज निर्माण नै जीवनलाई गहनता प्रदान गर्ने आधार हो। समाज र राष्ट्रलाई सभ्य, शिष्ट र उन्नत बनाउने प्रयत्न गर्नु सबैको दायित्व हो। व्यक्तिगत स्तरबाट सुरु भएको सानो प्रयासले नै ठूलो परिवर्तन ल्याउन सक्छ।

त्यसै गरी, आफ्नो कर्म र प्रयासलाई यस्तो दिशामा केन्द्रित गर्नुपर्छ, जसले व्यक्ति, परिवार, समुदाय र राष्ट्रको शिर उँचो बनाओस्। समाजलाई योगदान दिने प्रेरणादायी व्यक्तित्व बन्नु नै जीवनको वास्तविक सार्थकता हो। यी सबै पक्षलाई आत्मसात् गरेर अगाडि बढ्न सकेमा मात्र हाम्रो जीवन अर्थपूर्ण र उदाहरणीय बन्न सक्छ भन्ने कुरा कविले यस कविता मार्फत बताएका छन्।

(ग) कवितामा कविले कस्तो आदर्श जीवन यात्राको कल्पना गरेका छन्?

→ कविले प्रस्तुत कवितामा एक उज्यालो, आदर्श जीवन यात्राको मार्गचित्र प्रस्तुत गरेका छन्। यस यात्रामा मानिसले एउटा स्पष्ट लक्ष्य लिएर अविचलित रूपमा अघि बढ्नुपर्ने कुरामा जोड दिइएको छ। आफ्नो कर्मप्रति समर्पित रहँदै मनबाट ईर्ष्या, द्वेष जस्ता नकारात्मक भावनालाई त्याग्नुपर्छ। उदारता, सद्भावना जस्ता सकारात्मक गुणहरूको विकास गर्दै मानिसले आदर्श जीवनको गन्तव्य प्राप्त गर्न सक्छ।

कविले 'मै खाउँ, मै लाउँ' जस्तो सङ्कुचित सोचाइ त्याग्न आह्वान गरेका छन्। मानव जातिको समग्र उन्नति, प्रगति र समृद्धीका लागि समर्पित हुनुपर्छ भन्ने भावनालाई कविले बल दिएका छन्। राष्ट्रियता, सार्वभौमिकता, स्वाधिनता र राष्ट्रिय गौरव जस्ता उच्च आदर्शहरूलाई आत्मसात गर्दै मानिसले आफ्नो जीवनलाई आदर्श बनाउन सक्छ। कविले 'कसरी सर्वोच्च कवि बनुँला?', 'कसरी गन्तव्यमा पुग्न सकुँला?', 'कसरी चन्द्रसूर्य जस्तो चम्किलो बन्न सकुँला?' जस्ता प्रश्नहरू उठाउँदै आदर्श जीवन यात्राको गन्तव्यलाई स्पष्ट पारेका छन्।

यसरी, कविले आफ्नो कवितामार्फत एक उज्यालो भविष्यको सपना देखाउँदै मानिसलाई सकारात्मक सोचाइका साथ आफ्नो कर्ममा लाग्न प्रेरित गरेका छन्। उनले बताएअनुसार, यदि मानिसले आफ्नो जीवनलाई एक लक्ष्यअनुसार अघि बढाउन सक्यो भने ऊ निश्चित रूपमा सफल र सन्तुष्ट जीवन जिउन सक्छ।

(घ) 'उज्यालो यात्रा' कविताको मूल भाव के हो?

→ माथीका प्रश्न (क), (ख) र (ग) को उत्तरलाई मिलाएर प्रस्तुत गर्नुहोला।

१०. कविताको दोस्रो श्लोकलाई व्याकरणिक पदक्रम मिलाई गद्यमा रूपान्तरण गर्नुहोस्।

→ उच्च सङ्कल्प भएमा असम्भव केही छैन।

सब मान्छेहरू सङ्कल्पैले महान् बनेका हुन्।

११. भाव विस्तार गर्नुहोस् :

(क) ईष्याद्वेष हटाएर जो छर्छन् प्रेम सौरभ

तिनै मान्छेहरू बन्छन् विश्वका निम्ति गौरव ।

→ प्रस्तुत हरफहरू कक्षा १० को नेपाली पुस्तकको “उज्यालो यात्रा” नामक कविताबाट लिइएका हुन् । “उज्यालो यात्रा” कविताका रचनाकार कवि रामप्रसाद ज्ञवाली हुन् जसले यी हरफहरूमा अनुशासन, आचरण र नैतिकता सम्बन्धी भाव व्यक्त गरेका छन्।

कविका अनुसार मानिसको चरित्र निर्माणको मूल माध्यम प्रेम, स्नेह र सद्भाव हो। मानिसले हरेक मानिसलाई प्रेम र सद्भाव प्रकट गर्न सके संसार शिष्ट र मर्यादित बन्छ। समाजमा मर्यादाको अवसानको कारण मानिसको मनभित्र लुकेर रहेका ईष्या, द्वेष, अहङ्कार, कपट जस्ता भावनाहरू हुन्। ईर्ष्या, द्वेष, अहङ्कार र कपट भित्र रुमल्लिएको जिन्दगी सुखी र समृद्ध हुन सक्दैन। त्यस्ता मान्छेले आफ्नो पतन आफैँ निम्त्याउँछन्। यसका विपरीत जो प्रेम र सद्भाव छर्छन्, परोपकार र समाजको हितमा लाग्छन्, त्यस्ता मान्छे विश्वका आदर्श चरित्र बन्न सक्छन्। तिनै व्यक्तिहरू विश्वका निम्ति गौरव बन्छन्।

यसरी प्रस्तुत कवितांशले मानिसलाई आफूभित्र गढेर रहेको ईर्ष्या, द्वेष, अहङ्कार जस्ता भावनालाई हटाएर सम्पूर्ण प्राणीप्रति प्रेम राख्नुपर्छ जसले मानव जीवन गौरवान्वित हुन पुग्छ भन्ने सन्देश दिएको छ।

(ख) उदात्त कर्मको यात्रा गर्दछन् जो सधैं सधैं

आदर्श नमुना मान्छे बन्दछन् विश्वमा तिनै।

→ प्रस्तुत हरफहरू कक्षा १० को नेपाली पुस्तकको “उज्यालो यात्रा” नामक कविताबाट लिइएका हुन्। “उज्यालो यात्रा” कविताका रचनाकार कवि रामप्रसाद ज्ञवाली हुन् जसले यी हरफहरूमा कर्मयोगी व्यक्ति नै संसारको आदर्श हुन्छन् भन्ने भाव व्यक्त गरेका छन्।

कविका अनुसार मानिसले सँधै असल कर्मको बाटोमा हिड्नुपर्छ। असल कर्मको बाटो नै सत्यको बाटो हो, प्रेम र करूणाको बाटो हो। गलत कर्म गरे साधारण जीवनयापन गर्न पनि असम्भव हुन्छ। असल नियतले गरिने काम नै कर्म हो। पुर्खाहरूले गरेको राम्रो कर्मकै कारणले अहिले हामीले यो सुन्दर धर्तीमा छहारी पाएका छौँ। स्वार्थ त्यागेर अरुको सेवा भावमा समर्पित भई संसारकै कल्याण र भलाईका लागि कर्म गर्नुपर्छ जसले आजको निम्ति व्यक्ति महान् र भोलीको पीढिका निम्ति ऊ प्रेरणाको पात्र बन्दछ। महान् कर्म नै सम्भावनाका उदाहरणहरू हुन सक्छन्, जसले व्यक्तिहरूलाई व्यक्तिगत विकास, सकारात्मक परिवर्तन र सुन्दर संसारको निर्माणका लागि प्रयास गर्न प्रेरित गर्दछ। यी व्यक्तिहरू समाजका मूल्य र आकांक्षाहरूलाई आकार दिन सक्ने प्रेरणादायी व्यक्तित्वहरू बन्न सक्छन्।

यसरी प्रस्तुत कवितांशले मानिसलाई कर्मयोगी बनेर सबैलाई असल मार्गमा पथप्रदर्शन गर्न आह्वान गरेको छ।

१२. कर्मशील बन्न कसरी सकिन्छ, 'उज्यालो यात्रा' कविताका आधारमा लेख्नुहोस्।

→ प्रगतिवादी कवि रामप्रसाद ज्ञवालीद्वारा लिखित उज्यालो यात्रा एउटा नीति प्रधान कविता हो। कर्मयोगको साधना र व्यावहारिक प्रयोगले मानिसको जीवनलाई कर्मशील बनाउन सकिन्छ। कर्मशील मान्छेले मात्र जीवनलाई सार्थक बनाउन सक्छ भन्ने तथ्य कविले खुलस्त पारेका छन् ।

कर्मशील बन्न निरन्तर साधना गर्नुपर्छ। श्रममा अथाह तागत छ, कर्ममा अपार शक्ति छ। त्यही शक्ति, सामर्थ्य र क्षमतालाई जुटाउन र उपयोग गर्न सक्ने कर्मशील योद्धाले जङ्गललाई पनि स्वर्गको नन्दन बगैंचा जस्तो बनाउन सक्छ। दाउरोलाई घोटेर चन्दन पनि बनाउन सक्छ। कर्मशील बन्न दृढ इच्छाशक्ति, अठोट वा सङ्कल्प पनि उत्तिकै आवश्यक छ। आफ्नो गन्तव्य पहिल्याएर उच्च सङ्कल्प लिने मान्छेहरू नै कर्मशील हुन्। त्यस्ता कर्मशील मान्छेका लागि संसारमा असम्भव भन्ने केही छैन। कर्मशील मान्छे नै आदर्श बन्छ र संसारलाई सही मार्ग देखाउन सक्छ। कर्मशील बन्न लोभलालच र व्यक्तिगत स्वार्थलाई त्याग्नुपर्छ। मनमा ईर्ष्या, द्वेष र कपटका भावनालाई तिलाञ्जली दिनुपर्छ। बहुजन हिताय, बहुजन सुखायका निम्ति काम गर्नेहरू कर्मशील बन्न सक्छन्। आफ्ना ज्ञान र अनुभव जुटाएर धर्तीलाई मनोहर बनाउने मान्छे नै कर्मशील बन्न सक्छ । कर्मयोगीहरूले जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी भन्ने कुराको गरिमा बुझ्छन् र आफ्ना पौरखले मातृभूमिलाई सुन्दर बनाउन सक्छन्। न्यायका खातिर उठ्ने मान्छेहरू कर्मयोगी हुन्छन्। कर्मशील योद्धाहरूको अथक कर्मबाट नै समाजमा न्याय र समानताका पक्षमा, सामाजिक कल्याण र मानवताका पक्षमा लड्नेहरू नै संसारमा विजयी भएका छन्। कर्मशील मानिस उदार हुनुपर्छ। सङ्कीर्णताले विभेद बढाउँछ। उदात्त र विशाल हृदय भएका महान् कर्मयोगीहरूले मानव जीवनको मार्ग प्रशस्त गरेका छन्। व्यक्तिगत स्वार्थबाट माथि उठ्ने, लोभलालच र इर्ष्याको भावना त्याग्ने मान्छे नै वास्तविक आदर्श मान्छे हुन्। त्यस्तै मान्छे कर्मयोगी बन्छन्। त्यस्तै कर्मयोगीबाटै राष्ट्र र जनताको शिर उचो हुन्छ। समाजबाट रोग, भोक र शोक हटेर जान्छ । समाज सभ्य र समुन्नत बन्छ । यसका लागि मानवजाति क्रियाशील बन्नुपर्छ।

यसरी मानव सेवा, राष्ट्रहित, सामाजिक समानता र न्यायका पक्षमा कार्य गर्ने मान्छे नै कर्मशील बन्न सक्छ । यस तथ्यलाई कविले सरल र मिठो भाषाशैलीमा पाठकसमक्ष प्रस्तुत गरेका छन् ।

१३. कविले कविताको अन्तिम श्लोकमा आफू कस्तो बन्ने अनुमान गरेका छन्, लेख्नुहोस् ।

→ कविले कविताको अन्तिम श्लोकलाई आफू लक्षित बनाएका छन्। कर्मयोगको साधनाले मान्छेलाई महान् बनाउने हुँदा कविले आफू महान् कर्मयोगी बन्ने सपना पालेका छन्। कविलाई आफ्नै खुट्टामा उभिन मन छ। आफ्नै पौरखमा बाँच्ने भावना जागेको छ। त्यसैले उनी आफ्नै पौरखले जीवनको मार्ग प्रशस्त गरी आदर्श व्यक्तित्व निर्माण गर्न चाहन्छन्। साहित्य समाजको ऐना हो, उन्नति र प्रगतिको परिचायक एवम् प्रतिविम्ब हो। त्यसैले जीवनलाई डोहोऱ्याउने, समाजलाई पथ प्रदर्शन गर्ने महान् साहित्यिक कृतिको रचना गर्ने उनको चाहना छ। कवि जीवन र जगतलाई आलोकित पार्ने सर्वोच्च कविता बन्न चाहन्छन्। महान् साहित्यिक रचना बन्न चाहन्छन्। यसरी कविमा उच्च साहित्यको विम्ब बन्ने धोको रहेको अभिव्यक्ति कविताको अन्तिम श्लोकमा पाइन्छ।

१४. दिइएका विषयमा साथीविच छलफल गरी निष्कर्ष प्रस्तुत गर्नुहोस् :

(क) परिश्रमको फल मिठो हुन्छ ।

→ देहायका बुँदाहरूलाई आधार बनाएर निष्कर्ष आफैँ लेख्नुहोला :

- परिश्रमले आत्मविश्वास बढाउँछ। परिश्रम गरेपछि प्राप्त हुने सफलता व्यक्ति स्वयंको क्षमताको प्रमाण हो। यसले आत्मविश्वास र खुसी प्रदान गर्छ।

- परिश्रमले सिकाइ र अनुभव प्रदान गर्छ, जसले आगामी भविष्यको दिर्घकालिन सफलतामा मद्दत पुर्‍याउँछ।

- भाग्य सहायक हुन सक्छ, तर निरन्तर परिश्रमले भाग्यलाई पनि बदल्न सक्छ।

- परिश्रमी व्यक्तिको सफलता देखेर अन्यलाई पनि प्रोत्साहन र प्रेरणा मिल्छ, जसले समाजको समग्र विकास हुन्छ।

- परिश्रमबाट प्राप्त सफलता वास्तविक, टिकाउ र मिठो हुन्छ।

- जसरी किसानले बाली लगाएर कठिन परिश्रमबाट राम्रो अन्न उत्पादन गर्छ, त्यसैगरी हरेक क्षेत्रमा परिश्रम गरिसकेपछि मात्रै सफलता मिल्छ।

- तसर्थ, परिश्रमको कुनै विकल्प छैन, र यसले सधैँ सकारात्मक फल दिन्छ।


(ख) मानवीय सेवाको भावना राख्नु पवित्र कर्म हो।

→ देहायका बुँदाहरूलाई आधार बनाएर निष्कर्ष आफैँ लेख्नुहोला :

- मानव समाजमा बस्ने सबै व्यक्ति एक-अर्काप्रति उत्तरदायी छन्। सेवाभावले मानिसलाई एकताबद्ध बनाउन सहयोग पुर्‍याउँछ।

- अरूलाई सहयोग गर्दा प्राप्त हुने मानसिक शान्ति र खुसी अन्य कुनै कार्यबाट प्राप्त हुँदैन। यसले व्यक्ति आफैंलाई सन्तुष्टि र जीवनमा अर्थ प्रदान गर्छ।

- सेवाभावलाई धर्म, नैतिकता, र पवित्र कर्मको रूपमा व्याख्या गरिन्छ। धार्मिक ग्रन्थहरूमा पनि मानवीय सेवालाई ठूलो सम्मान दिइएको छ।

- विपद्, अभाव वा दुःखका बेला अरूलाई सहयोग गर्ने भावले नै समाजलाई समृद्ध र शान्त बनाउँछ।

- भगवान् श्रीकृष्णले भगवद्गीतामा सेवा, दया, र परोपकारलाई मानव धर्मको रूपमा व्याख्या गरेका छन्। धर्मको अर्थ धारण गर्न योग्य भन्ने हुन्छ। धर्म नै पवित्र हुन्छ। त्यसकारण मानवीय सेवा पनि पबित्र कार्य हो।

- वेद र उपनिषद्मा पनि “वसुधैव कुटुम्बकम्” अर्थात् सम्पूर्ण पृथ्वी नै एउटा परिवार जस्तो हो भन्ने भनाइ उल्लेख गरिएको छ, जसले मानवीय सेवालाई पवित्र कर्मको संज्ञा दिँदै प्रोत्साहित गरेको छ।

- मानवीय सेवाभाव राख्नु हरेक व्यक्तिको नैतिक जिम्मेवारी हो। यसले व्यक्तिगत जीवनलाई अर्थपूर्ण मात्र बनाउँदैन, समाजलाई पनि सुदृढ र शान्त बनाउँछ। सेवाभावले समाजमा प्रेम, सहकार्य र सहयोगको भावना बलियो बनाउँछ, जसले यो कर्मलाई साँचो अर्थमा पवित्र बनाउँछ।

१५. दिइएका अनुच्छेद पढ्‌नुहोस् र सोधिएका प्रश्नको उत्तर लेख्नुहोस् :

गुरुकुल भनेको गुरुको सान्निध्यमा विद्यार्थीले आवासीय रूपमा शिक्षा ग्रहण गर्ने स्थान हो। प्राचीन कालमा शिक्षकलाई आचार्यका रूपमा लिइन्थ्यो र त्यहाँ पढ्ने विद्यार्थीलाई उनको परिवार समान मानिन्थ्यो। त्यसैले त मातापिता र आचार्यलाई अति उच्चकोटिमा राखी, मातृदेवो भव, पितृदेवो भव र आचार्य देवो भव भनिन्छ।

गुरुकुलमा अहिलेको शिक्षा प्रणाली जस्तो निश्चित समयमा विद्यालय आएर पढ्ने समय तालिका हुँदैनथ्यो। गुरुकुलमा सबै शिष्य एउटै उमेरका हुँदैनथे तर उनीहरूको सिकाइ एउटै समूहमा हुन्थ्यो । गुरुले शिष्यको उमेरअनुसार शिक्षा दिने व्यवस्था थियो । ठुला शिष्यबाट सानाले सिक्ने परिपाटी पनि गुरुकुलमा हुन्थ्यो। गुरु र शिष्य प्रायः संगसंगै हुने भएकाले गुरुले अह्राएका वेलामा काममा जानुपर्ने हुन सक्थ्यो । जुनसुकै वेलामा पनि औपचारिक कक्षा सुरु हुन सक्थ्यो। सामान्यतया गुरुकुलका छात्र विहान सबेरै उठ्‌ने र अध्ययनका साथसाथै काममा पनि सक्रिय हुने गर्थे । गुरुकुलमा सैद्धान्तिक अध्ययनभन्दा व्यावहारिक अध्ययनलाई बढी महत्त्व दिने गरिन्थ्यो । यो शिक्षा प्रणालीमा औपचारिक परीक्षा हुँदैनथ्यो। हरेक समय नीति, व्यवहार र उसको व्यावसायिक कौशलको परीक्षा भइरहन्थ्यो। यसरी प्राचीन कालमा दीक्षान्तको समयमा केही कठिन परीक्षा लिने गरिन्थ्यो । त्यस्ता कठिन परीक्षा विभिन्न खालका हुन्थे। परीक्षाका क्रममा गोप्य रूपले गुरुले शिष्यलाई नियालिरहेका हुन्थे । शिष्यले छिचोल्न नसक्ने खालको विघ्न पन्यो भने गुरु अगि सर्वे। त्यो परीक्षा पूरा गर्न सकेमा शिष्य दीक्षित हुन्थे ।


(क) प्रश्नहरू
(अ) गुरुकुल भनेको के हो?

→ गुरुकुल भनेको गुरुको सान्निध्यमा विद्यार्थीले आवासीय रूपमा शिक्षा ग्रहण गर्ने स्थान हो।

(आ) गुरुकुलमा कस्तो शिक्षालाई प्राथमिकता दिइन्थ्यो ?

→ गुरुकुलमा सैद्धान्तिक अध्ययनभन्दा व्यावहारिक अध्ययनलाई बढी प्राथमिकता दिने गरिन्थ्यो ।

(इ) गुरुकुलमा किन जुनसुकै समयमा पनि औपचारिक कक्षा सुरु हुन्थ्यो ?

→ गुरु र शिष्य प्राय जतिसुकै बेला पनि सँगसँगै हुने भएकोले गुरुकुलमा जुनसुकै समयमा पनि औपचारिक कक्षा सुरू हुन्थ्यो।

(ई) गुरुकुलमा शिष्य कसरी दीक्षित हुन्थे ?

→ गुरुकुलमा हरेक समय नीति, व्यवहार र शिष्यको व्यवहारिक कौशलको परीक्षा भइरहन्थ्यो। दीक्षान्तको समयमा केही कठिन परीक्षा पनि लिइन्थ्यो। त्यस्ता परीक्षा उत्तीर्ण गर्ने शिष्यहरू दीक्षित हुन्थे।

(ख) भाषिक संरचना र वर्णविन्यास पहिचान गर्नुहोस्

(अ) पहिलो अनुच्छेदको पहिलो वाक्यबाट एक-एकओटा नाम, विशेषण र क्रियापद लेख्नुहोस् ।

→ नाम – विद्यार्थी

विशेषण – आवासीय

क्रियापद - हो

(आ) 'पढ्' धातुबाट एक-एकओटा नाम र क्रियायोगी शब्द निर्माण गर्नुहोस् ।

→ नाम – पढाइ, पढ्नु

क्रियायोगी – पढेर, पढी, पढ्दा, पढ्न

(इ) अनुच्छेदबाट सुरु, विच र अन्तिममा हस्व इकार प्रयोग भएका दुई-दुईओटा शब्द टिपोट गर्नुहोस् ।

→ सुरूमा ह्रस्व इकार भएका शब्द – शिक्षा, शिक्षक, सिकाइ, सिष्य

बिचमा ह्रस्व इकार भएका शब्द – सान्निध्य, परिवार, सक्रिय, दीक्षित

अन्त्यमा ह्रस्व इकार भएका शब्द – अति, कोटि, नीति, अगि

१६. दिइएको सन्दर्भ पढ्नुहोस् र तोकिएको कार्य गर्नुहोस् :

(ठेलामा तरकारी विक्रेता र क्रेताबीच यस्तो कुराकानी हुँदै छ।)

क्रेता: नमस्ते हजुर, पो काउलीको दाम कति हो ?

विक्रेता: नमस्ते, हेर्नुस् न । हिजोदेखि दाम बढेर आएको छ। आज काउली किलोको १०० रुपिया छ ।

क्रेता: ए! मलाई एक किलो काउली दिनुहोस् न ।

विक्रेता: (काउली जोख्दै) अँ अरू के के लिनुहुन्छ?

क्रेता: आधा किलो गोलभेंडा पनि दिनुहोस् न ।

विक्रेता: हुन्छ हजुर। (गोलभेंडा जोख्दै) ल लिनुस् हजुर ।

क्रेता: नयाँ र ताजा कुनै तरकारी आयो भने मलाई खवर गर्नु ल ।

विक्रेता: हस् हजुर । म भनिहाल्छु नि। हजुर जस्ता ग्राहक भएर त मेरी गुजारा चलेको छ ।

क्रेता: तपाईले आफ्नो पेसा गर्नुभएको छ, यसरी स्वरोजगारी गर्ने मान्छे मलाई मन पर्छ ।

विक्रेता: हस् हजुर । सबै व्यवसायीलाई हौसला दिने हजुर जस्ता व्यक्ति हुने हो भने त हामीलाई पनि काम गर्न प्रेरणा मिल्छ।

क्रेता: ल त, अहिले म गएँ, फेरि भेटेर गफ गरौंला ।

विक्रेता: हवस्, हजुरसँग कुराकानी गर्न पाउँदा खुसी लाग्छ। आउँदै गर्नुहोला ।

(क्रेता सामान लिएर बाटो लाग्छन् ।)

माथिको अनुच्छेदमा जस्तै तपाईं पनि कक्षाका साथीसँग मिलेर एक जना पसले र अन्य दुई जना ग्राहक बनेर विनयशीलतापूर्वक कुराकानी पालैपाली कक्षामा प्रस्तुत गर्नुहोस्।

सुनाइ र बोलाई

१. सुनाइ पाठ १ सुन्नुहोस् र दिइएका प्रश्नको उत्तर भन्नुहोस् :

(क) चुली बिहान रातो बन्नुको कारण के हो ?

→ घामको झुल्काका कारणले चुली बिहान रातो बन्छ।

(ख) ऊर्जा बल केले बढ्छ ?

→ कोइलीको मधुर आवाजले ऊर्जा बल बढ्छ।

(ग) उम्दा कलाकार केलाई भनिएको हो?

→ हात्ती, बाघ, बँदेल लगायतका वन्य जनावरहरूलाई उम्दा कलाकार भनिएको हो।

(घ) अलङ्कारको माला कसरी बन्छ?

→ जाति, भाषा, सँस्कृति आदि एकबद्ध भएर अलङ्कारको माला बन्छ।

२. सुनाइ पाठ १ का आधारमा नेपालको सुन्दरताको वर्णन गर्नुहोस्।

→ नेपाल प्राकृतिक छटाले भरिपूर्ण देश हो। हिमालका चुचुरामा घामको पहिलो किरण पर्दा तिनीहरू उज्यालिँदै चम्किन्छन्। झरनाहरूबाट संगीतसरहको तालमा पानी खस्छ। कोइलीको मधुर आवाजले जंगललाई संगीतमय बनाउँछ। बिहान भालेले बासेर बिहानको सुरुआत घोषणा गर्छ। जंगलमा हात्ती, बाघ, र बँदेलले कला देखाउने कलाकारझैं वातावरणमा जीवन्तता ल्याउँछन्। खेत र फाँटहरूमा लहलहाउँदा बालीहरूले प्रकृतिलाई शोभा दिन्छन्। यहाँको भाषा, जाति, धर्म र संस्कृतिको विविधताले एकताको सन्देश दिँदै समाजलाई सिंगार्ने गहना बनेका छन्।

भाषिक संरचना र वर्णविन्यास

१. दिइएको अनुच्छेदबाट रेखाङ्कित शब्दको पदवर्ग पहिचान गरी छलफल गर्नुहोस्:

फुर्वा असल विद्यार्थी हुन्। उनी सोलुखुम्बु जिल्लाको जनजागृति माविमा १० कक्षामा पढ्दै छन् । उनी सधैं विद्यालय जान्छन्। उनी मिहिनेतपूर्वक पढ्छन् । उनी बिहान सबेरै उठ्छन् र आफूले पढ्नुपर्ने पाठ नियमित रूपमा पढ्छन् । कक्षामा गुरुले दिएको कक्षाकार्य सधैं गर्छन् ।

शब्द                  पदवर्ग

    असल               विशेषण

    उनी                 सर्वनाम

    पढ्दै छन्         क्रियापद

    सधैँ                  क्रियाविशेषण

    पूर्वक               नामयोगी

    सबेरै                क्रियायोगी

    आफू               सर्वनाम

    दिएको             विशेषण

२. दिइएको सन्दर्भ पढ्नुहोस् र पदवर्ग विचलनबारे साथीसँग छलफल गर्नुहोस्:

पदवर्ग विचलनसम्बन्धी बैठक

पदवर्गको टोलमा एउटा बैठक बसेको छ। उक्त बैठकको मुख्य विषयवस्तु 'पदवर्ग विचलन एक विमर्श' रहेको छ। उक्त बैठकमा नाम, सर्वनाम, विशेषण, क्रिया, क्रियायोगी, नामयोगी, विस्मयादिबोधक, संयोजक र निपातलाई निम्त्याइएको छ। आफ्नो वर्गका शब्द अर्को वर्गमा प्रवेश गरे भनेर विशेषणले उजुरी गरेको रहेछ। 'गरिब', 'धनी', 'नेपाली' दुखी', 'सुखी' जस्ता विशेषणका पद घरी नामको वर्गमा प्रवेश गर्ने र घरी विशेषणका पद नै भन्ने गरेर हैरान पारे भनेर विशेषणले उजुरी गरेको रहेछ। पदवर्गले सबै उजुरी हेरेछन् ।

'गरिब', 'धनी', 'नेपाली', 'दुखी, 'सुखी' जस्ता विशेषण शब्दले बयान दिँदै भनेछन्, "हामी वाक्यमा प्रयोग हुँदा हामीलाई कहिलेकाहीं नामको काम गर्नुपर्ने भयो। हाम्रा अगाडि नाम राखिएको अवस्थामा भने हामी त्यस नामको विशेषता बताउँछौं र विशेषण बन्छौं। हाम्रा अगाडि नाम नभएमा हामीले नामको काम गर्नुपर्ने रहेछ।" सर्वनामले पनि भनेछ, "हो यो समस्या हामीलाई पनि छ, जस्तै 'त्यो गयो। त्यो केटो आयो। यहाँ पहिलो वाक्यमा 'त्यो' सर्वनाम र दोस्रो वाक्यमा 'त्यो' विशेषण भएर दुवै रूपमा प्रयोग हुनुपरेको छ । हामी नामका सट्टामा आउने हो तर नाम हामीसँगै आयो भने हामीले नामको विशेषता बताउनै पर्ने र विशेषण बन्नै पर्ने हुन्छ।" त्यस्तै समस्या क्रियायोगी र नामयोगीमा पनि रहेछ। माथि, तल, वारि, पारि जस्ता क्रियायोगी नामसँग जोडिएर आउँदा नामयोगी हुँदा रहेछन् । त्यस्तै 'र' लाई चाहिँ कहिले निपात त कहिले संयोजक बन्नुपर्ने बाध्यता रहेछ ।

'लौ, मैले आजको बैठकको चुरो कुरा बुझे' भन्दै नामले जुरुक्क उठेर भनेछ, "आफू जुन वर्गको भए पनि वाक्यमा प्रयोग हुँदा सन्दर्भअनुसार अर्को वर्गमा जान सकिन्छ। त्यस्तो अवस्था पदवर्ग विचलन हो भनेर बुझ है, साथी हो।" विशेषणले पनि चित्त बुझाएछ, सर्वनाम, नामयोगी अरू सबैले ताली बजाएछन् ।

३. दिइएको अनुच्छेद पढी रेखाङ्कित पदको पदवर्ग छुट्याउनुहोस्:

गरिब वर्गको उत्थान नभई देश समृद्ध बन्दैन। गरिबलाई राज्यले विशेष ध्यान दिनुपर्छ । धनी व्यक्ति वा सम्पन्न व्यक्तिबाट कर लिनुपर्छ। साना व्यवसायी र सम्पन्नको व्यवसायको संरक्षण र त्यसका लागि उचित वातावरण पनि राज्यले तयार गर्नुपर्छ । गरिबीको रेखामुनि वा रेखातल अवस्थित समुदायलाई सधैं तल रहने वातावरण सिर्जना हुनुहुँदैन। यसो भयो भने यो देशका असङ्ख्य विपन्न व्यक्तिको उत्थान हुने छ किनकि विपन्नलाई सम्पन्न नबनाई देश कहिल्यै विकसित हुँदैन ।

शब्द                      पदवर्ग

    गरिब                      विशेषण

    गरिब                      नाम

    धनी                        विशेषण

    सम्पन्न                    विशेषण

    धनी                      नाम

    सम्पन्न                  नाम

    तल                      नामयोगी

    तल                      क्रियायोगी

    विपन्न                  विशेषण

    विपन्न                  नाम

४. 'उज्यालो यात्रा' कविताको चौथो श्लोकबाट एक-एकओटा नाम, सर्वनाम, विशेषण, क्रिया, क्रियायोगी र नामयोगी वर्गका शब्द टिपोट गरी वाक्यमा प्रयोग गर्नुहोस् ।

ईर्ष्या – नाम, हटाएर – क्रियायोगी, जो – सर्वनाम, छर्छन् – क्रियापद, तिनै – विशेषण, निम्ति – नामयोगी

→ वाक्यमा प्रयोग गर्दाः

- ईर्ष्या : नेपाल र चीनबिचको सम्बन्धलाई लिएर भारतले जहिल्यै ईर्ष्या गर्छ।

- हटाएर : रानीपोखरीमा रहेको लेउ हटाएर पोखरीलाई थप सुन्दर बनाउने कार्यक्रम महानगरले थालेको छ ।

- जो : नेपालको राजनीतिमा जो आए पनि देश विकास र समृद्धीको छाँटकाँट देखिँदैन।

- छर्छन् : हरेक बर्ष बाला चतुर्दशीका दिन देशभरका शिवालयहरूमा मानिसहरूले शतबीज छर्छन्

- तिनै : हामी तिनै कथाहरू मन पराउँछौँ जसले हाम्रो हृदय छुन्छन्।

- निम्ति : हामी तिनै कथाहरू मन पराउँछौँ, जो हाम्रो निम्ति उपयोगी हुन्छन्।

५. कोष्ठकमा दिइएको सङ्केतअनुसार तलका शब्दलाई वाक्यमा प्रयोग गर्नुहोस्:

(क) .......................। र : संयोजक → म र तिमी बजार जानुपर्छ।

       .......................। र : निपात → के म तिम्रो साथी होइन र?

(ख) .......................। भित्र : नामयोगी → कक्षाभित्र टेबल-कुर्सीहरू छन्।

      .......................। भित्र : क्रियायोगी→ म खाना खान भित्र जान्छु।

(ग) .......................। तर : क्रिया → तिमि होसियार भएर खोला तर।

      .......................। तर : सयोजक → गोदाममा मल छ तर किसानले मल पाएनन्।

      .......................। तर : नाम → बिरालोले दूधको तर खायो।

(घ) .......................। यो : सर्वनाम → यो कालो वस्तु के हो?

      .......................। यो : विशेषण → यो कविताको रचनाकार रामप्रसाद ज्ञवाली हुन्।

(ङ) .......................। वृद्ध : नाम → हामीले वृद्धलाई सम्मान गर्नुपर्छ।

      .......................। वृद्ध : विशेषण → हामीले वृद्ध मानिसलाई सम्मान गर्नुपर्छ।

६. पदवर्ग विचलन भएका कुनै तीनओटा शब्द पर्ने गरी छोटो अनुच्छेद लेख्नुहोस्।

→ मानिस पढेर विद्वान बन्छ। विद्वान मानिसले समाज बुझेको हुन्छ। उसले यो र त्यो भनेर विभेद गर्नु हुँदैन। यो मानिस धनी छ, त्यो मानिस गरिब छ भनेर पक्षपात गर्नु हुँदैन। आज युवाहरू बाहिर जान लागेका छन्। तिनीहरूलाई देशबाहिर जान नदिएर देशभित्रै रोजगारीको अवसर उपलब्ध गराउनुपर्छ।

७. दिइएको अनुच्छेदबाट शब्दको सुरु, बीच र अन्तिममा ह्रस्व इकार प्रयोग भएका शब्द पहिचान गर्नुहोस् :

निरन्तर घोटिएर मात्र दाउरो चन्दन बन्छ भनिन्छ । मिहिनेत गरियो र पढियो भने मात्र आफूले चाहेको लक्ष्य प्राप्त गर्न सजिलो हुन्छ । विद्यार्थीले चालेको लक्ष्यअनुसार भविष्यमा चिकित्सक, इन्जिनियर, शिक्षक अथवा साहित्यकार आदि बन्न सक्छन् । आज कर्म गर्नेले भोलि फल प्राप्ति गरेरै छाड्छन् ।

→ शब्दको सुरुमा ह्रस्व इकार प्रयोग भएका शब्द: निरन्तर, मिहिनेत, विद्यार्थी, चिकित्सक, इन्जिनियर, शिक्षक

→ शब्दको बीचमा ह्रस्व इकार प्रयोग भएका शब्द: घोटिएर, भनिन्छ, गरियो, पढियो, सजिलो, भविष्य, साहित्यकार

→ शब्दको अन्तिममा ह्रस्व इकार प्रयोग भएका शब्द: आदि, भोलि, प्राप्ति

८. शब्दको सुरु, बीच र अन्तिममा ह्रस्व इकार प्रयोग भएका १० ओटा शब्द पर्ने गरी आफूलाई मन पर्ने विषयमा एउटा अनुच्छेद तयार गर्नुहोस् ।

→ किसानको जीवन निकै कठिन हुन्छ। उनीहरूले खेतमा बिहानदेखि रातिसम्म निरन्तर मेहेनत गर्छन्। बिहान चिया र चिउरा खाएर काम गर्न जाने किसानहरूको गति वर्षैभरि एकनास हुन्छ। उहिले पनि किसानहरू आफ्ना कामका निम्ति समर्पित थिए र आज पनि उनीहरू निश्चल भावनाले आफ्नो दायित्व पुरा गर्छन्। किसानहरूलाई खेती गर्दा विभिन्न किसिमका किराहरूले हैरान पार्छन्। केहि किरा खेतीलाई उत्पादनशील बनाउन सहयोग पुर्याउने किसिमका पनि हुन्छन्। किसानहरूको हतियार भनेको हलो र कोदालो हो।

सिर्जना र परियोजना कार्य


१. विद्यार्थी जीवन शीर्षकमा छोटो कविता लेख्नुहोस्।

→ विद्यार्थी जीवन

विद्यार्थी जीवन हो भविष्यको आधार,
शिक्षाको ज्योतिले नै बनाउँछ संसार ।
मेहेनत गरेर आफ्नो सपना समेट,
ऊर्जा भरेर लक्ष्यमा पाइला टेक ।

गुरुका कुरा हामी ध्यानले सुन्छौँ,
ज्ञानको बाटो र अनुशासन चुन्छौँ
लगनशील भइ कर्तव्यपथमा लाग्छौँ
आलस्य र भयबाट टाढाटाढा भाग्छौँ।

२.पुस्तकालय वा अन्य स्रोतबाट कुनै एउटा प्रेरणा कविता खोजी लयबद्ध वाचन गरेर कक्षामा सुनाउनुहोस् ।

→ पञ्चचामर छन्दमा कवि लक्ष्मीप्रसाद देवकोटाद्वारा लिखित र सुनको बिहान नामक पुस्तकमा सङ्ग्रहित कविता “पाप लाग्छ” एउटा प्रेरणादायी कविता हो। (वाचन गर्ने तरिका सिक्न यहाँ क्लिक गरी भिडियो हेर्नुहोस्।)

नटिप्नु हेर कोपिला !

नचुँड्नु पाप लाग्दछ ।

नच्यात्नु फूल नानि हो !

दया र धर्म भाग्दछ ।।

नछोप्नु है चरी बरी

सराप आँसु लाग्दछ ।

नमार्नु जन्तु है कुनै

बसेर काल जाग्दछ ।।

न घाउ चोट लाउनू

सडेर चित्त पाक्दछ ।

धूलो नफेक्नु नानि हो !

उडेर भित्र ढाक्दछ ।।

हिलो नखेल्नु फोहरी

खराब दाग लाग्दछ ।

न चित्त है दुखाउनु

डसेर आँसु बग्दछ ।।

बनेर फूल झैं सधैं

हँसाउनू सुवास दी ।

सधैं रमाउनू जगत्

रमेर नित्य आश दी ।।

जताततै छ ईश रे

छ सुन्नु त्यो विचार रे ।

छकाउने लुकाउने

नराख भाव क्यै गरे !