Back to Top

Class 10 Samajik

समूह 'क' 
छोटो उत्तर आउने प्रश्न :
१. सामाजिकीकरणका दुईओटा तत्त्व लेख्नुहोस् ।
(एकाइ १, ज्ञान, बोध)
उत्तर : सामाजिकीकरणका दुई तत्त्व यस प्रकार छन् :
(क) भाषा
(ख) अन्तरक्रिया
(प्रेम, स्नेह, अन्तरक्रिया, सम्मान, सहयोग, भाषा आदि मध्ये कुनै दुईको नाम पनि लेख्न सकिन्छ।)

२. विकास आयोजनाहरूलाई राष्ट्रिय गौरवको आयोजनामा सूचीकृत गरिनुको औचित्य एक वाक्यमा पुस्टि गर्नुहोस् ।
(एकाइ २, उच्च दक्षता)
उत्तर : विकास आयोजनाहरूबाट धेरै जनताले लाभ हासिल गर्नेहुनाले यसलाई राज्यबाट उच्च प्राथमिकता दिएर समयमा नै सम्पन्न गर्न राष्ट्रिय गौरवको आयोजनामा सूचिकृत गरिएको हो।

३. मानव बेचबिखन भनेको केहो ?
(एकाइ ४, ज्ञान, बोध)
उत्तर : मानवलाई ललाइफकाइ गरेर, धम्क्याएर, झुक्याएर वा अपहरण गरेर बिक्रि गर्ने कार्यलाई मानव बेचबिखन भनिन्छ। 
(चेलिबेटी बेचबिखन र बालबालिकाको बेचबिखन यसका उदाहरण हुन्।)

४. भ्रष्टाचार विरुद्ध जनचेतना जगाउने एक नारा तयार पार्नुहोस् ।
(एकाइ ४, प्रयोग र सिर्जनात्मक सिप)
उत्तर : “बनौँ सदाचारी नगरौं भ्रष्टाचार, भ्रष्टाचार गर्नेलाई गरौं सामाजिक बहिस्कार!”

५. मार्सल प्लानको एक प्रमुख उद्देश्य लेख्नुहोस् ।
(एकाइ ७, ज्ञान, बोध)
उत्तर : दोस्रो विश्वयुद्धपछि तहसनहस भएको युरोपको पुनः निर्माण गर्नु मार्सल प्लानको प्रमुख उद्देश्य थियो।

६. तपाईंको विचारमा पहिलो संविधानसभाले किन संविधान जारी गर्न सकेन ? उपयुक्त कारण दिनुहोस्।
(एकाइ ७, उच्च दक्षता)
उत्तर : मेरो विचारमा पहिलो संविधान सभाले संविधान जारी गर्न नसक्नुको मुख्य कारण राजनीतिक दलहरूबीचको विवाद र असमझदारी हो।

७. ऊर्जाका दुईओटा स्रोतको नाम लेख्नुहोस् ।
(एकाइ ८, ज्ञान, बोध)
उत्तर : ऊर्जाका दुईओटा स्रोतहरू यसप्रकार छन् :
(क) भिरालो सतहबाट बगेका नदी
(ख) सूर्य
(यसबाहेक पनि पेट्रोलियम पदार्थ, प्राकृतिक ग्यास, कोइला, नदी, हावा, घाम, दाउरा आदि मध्ये कुनै दुई स्रोतको नाम लेख्न सकिन्छ।)

८. वैदेशिक रोजगारमा जान लागेका तपाईंका दाजुलाई व्यवस्थित रोजगारका निम्ति तपाईंले दिने कुनै एक सल्लाह उल्लेख गर्नुहोस्। 
(एकाइ ८, प्रयोग तथा सिर्जनात्मक सिप)
उत्तर : वैदेशिक रोजगारमा जान लागेका मेरा दाजुलाई व्यवस्थित रोजगारका निम्ति आधिकारिक मेनपावरबाट मात्र वैदेशिक रोजगारमा जान सुझाव दिन्छु।
(यसबाहेक दलालहरूको कुरामा नलाग्ने, आफूले गर्ने काम र पारिश्रमिक हेरेर मात्र पैसा बुझाउने, आवश्यक कागजपत्र पूरा गर्ने आदि जस्ता कुनै एक सुझाव उल्लेख गर्न सकिन्छ।)

९. सुरक्षा परिषद्को बैठकमा भिटो कसले प्रयोग गर्छन् ?
(एकाइ ९, ज्ञान, बोध)
उत्तर : सुरक्षा परिषद्का स्थायी सदस्य देशहरू मध्ये बैठकमा आएको प्रस्ताव चित्त नबुझ्ने देशले भिटो प्रयोग गर्छन्।

१०. “सूचना तथा सञ्चार प्रविधि जान्नेलाई श्रीखण्ड नजान्नेलाई खुर्पाको बिँड हो ।” यस भनाइलाई प्रस्ट पार्नुहोस्।
(एकाइ ९, उच्च दक्षता)
उत्तर : प्रस्तुत भनाइबाट सूचना प्रविधिको प्रयोग सही रूपमा गर्न सकेमा हामीलाई निकै सहयोग पुग्छ, दुरुपयोग गरेमा यसले निकै समस्या निम्त्याउँछ भन्न खोजिएको हो।

११. तपाईंको जीवन गुणस्तरीय बनाउन शिक्षाले कसरी मद्दत गरेको छ ?
(एकाइ १०, प्रयोग तथा सिर्जनात्मक सिप)
उत्तर : मलाई शिक्षाले चेतना प्रदान गरेको र मितव्ययी व्यवहार गर्न सिकाएको छ। यसले मेरो जीवन गुणस्तरीय बनाउन मद्दत गरेको छ।
(यसबाहेक शिक्षाले अधिकार र कर्तव्यको बारेमा जानकारी गराएको छ, रोजगारी प्राप्त भएको छ, समाजमा इज्जत र प्रतिष्ठा बढाएको छ जस्ता बुँदा पनि लेख्न सकिन्छ।)

१२. विविधतामा एकताले नेपालीको सामाजिक सहिष्णुता बढाएको छ, कसरी ? पुस्टि गर्नुहोस्। 
(एकाइ १, उच्च दक्षता)
उत्तर : नेपालमा विभिन्न जाति, भाषा, धर्म, संस्कृति र भेषभूषा भएका मानिसहरू एउटै समाजमा मिलेर बसेका छन्। यसै विविधताभित्रको एकताले सबैलाई परस्पर सम्मान, सहकार्य र सहअस्तित्वमा बस्न सिकाएको छ। यही कारणले नेपाली समाज सहिष्णु र आपसी सद्भावयुक्त बनेको छ।

समूह 'ख' 
छोटो उत्तर आउने प्रश्न :
१३. हाम्रो मुलुकले मानव विकास सूचकाङ्कमा वृद्धि गर्नका लागि ध्यान दिनुपर्ने महत्त्वपूर्ण पक्ष उल्लेख गर्नुहोस् ।
(एकाइ २, ज्ञान, बोध)
उत्तर : मानव विकास सूचकाङ्कले कुनै पनि मुलुकका नागरिकको शिक्षा, स्वास्थ्य तथा आय आर्जनको अवस्थालाई प्रतिविम्बित गर्छ। नेपाली नागरिकको मानव विकास सूचकाङ्क वृद्धिका लागि विभिन्न प्रयास भएतापनि आशातीत रूपमा सुधार हुन सकेको छैन । तसर्थ यसको वद्धिका लागि निम्न कुरामा ध्यान दिनुपर्छ :
• गुणस्तरीय शैक्षिक विकासमा जोड दिने जसबाट चेतनाको स्तर बढाउन र आत्मनिर्भर हुन मद्दत पुग्छ।
• स्वच्छ खानेपानी, गुणस्तरीय स्वास्थ्य सेवा उपलव्ध गराउने।
• व्यावसायिक शिक्षा तथा तालिमको विस्तार गरी स्थानीयस्तरमा नै आय आर्जनका माध्यम विकास गर्ने।
• आर्थिक – सामाजिक रूपले पिछडिएको वर्ग, समुदायको उत्थानका लागि सार्वजनिक सेवा प्रवाहलाई सर्वसुलभ बनाउने।

१४. 'ज्येष्ठ नागरिकप्रति हाम्रो दायित्व' शीर्षकमा एक पत्रिकाका लागि सम्पादकीयको नमुना लेख्नुहोस् ।
(एकाइ ३, प्रयोग तथा सिर्जनात्मक सिप)
उत्तर : सम्पादकीयको नमुना
ज्येष्ठ नागरिकप्रति हाम्रो दायित्व
नेपालमा ६० वर्ष पूरा गरेका नेपाली नागरिकलाई ज्येष्ठ नागरिक भनी परिभाषित गरिएको छ। ज्येष्ठ नागरिक हाम्रो समाज, हाम्रो सभ्यताका मार्ग निर्देशक हुन्। जीवनका अनेकौँ आरोह अवरोह पार गरेका, दुःखकष्ट भोगेका ज्येष्ठ नागरिकबाट हामी सामाजिक मूल्य मान्यता र संस्कार सिक्छौँ। तसर्थ, सामाजिक संस्कार र अनुभवका 'खुला किताब' ज्येष्ठ नागरिकका भावना बुझ्नु हाम्रो दायित्व हो। उनीहरूको स्वास्थ्यको ख्याल राख्नु, समयमा खानपिनको व्यवस्था गर्नु हाम्रो कर्तव्य र जिम्मेवारी हो। बेला बेलामा घुमफिर, मनोरञ्जन, आफन्तसँग भेटघाट गराइदिनाले उहाँहरूमा एक प्रकारको स्फूर्ति बढ्छ र निराशाको भावनामा कमी आँउछ। हामीले ज्येष्ठ नागरिकप्रति सम्मानजनक व्यवहार गर्नु भनेको हाम्रो परम्परा एवं मूल्यमान्यताको जर्गेना गर्नु पनि हो। यो असल र सभ्य समाजको पहिचान हो। हामीले पनि ज्येष्ठ नागरिकलाई दुर्वाच्य नबोलौँ । पारिवारिक हेरविचार गरौँ र पूर्वीय सभ्यताको परिचय दिऔं।

१५. विश्वशान्ति प्रवर्धनका लागि विश्वबन्धुत्वको भावनाको विकास र प्रसार जरूरी छ भन्ने सन्दर्भलाई पुष्टि गर्ने तर्क पेस गर्नुहोस् ।
(एकाइ ३, उच्च दक्षता)
उत्तर : विश्वका सबै मानिसलाई आफ्नै बन्धुबान्धव वा परिवारका सदस्य सरह सम्मानपूर्वक व्यवहार गर्नु नै विश्वबन्धुत्व हो। विश्वशान्ति प्रवर्धनका लागि विश्वबन्धुत्वको भावना अपरिहार्य हुन्छ भन्ने कुरालाई निम्न तर्कहरूले पुष्टि गर्न सकिन्छ :
• विश्वबन्धुत्वको भावनाले मानिसलाई सहकार्य र सहयोगी बनाउँछ, जसले स्वार्थी प्रवृत्तिलाई कम गर्छ।
• कुनै समस्या मानिसले एक्लै समाधान गर्न सक्दैन। अन्तरनिर्भरता स्वीकार गर्ने संस्कार विश्वबन्धुत्वले विकास गराउँछ।
• विश्वबन्धुत्वको भावनाले ईर्ष्या, द्वेष, घृणा जस्ता नकारात्मक भावना घटाउँछ र आपसी सद्भाव बढाउँछ।
• अरूको अस्तित्व स्वीकार गर्ने, सबैलाई सम्मान गर्ने र समान व्यवहार गर्ने सकारात्मक सोचलाई यसले मजबुत बनाउँछ।
यसरी, विश्वबन्धुत्वको विकास र प्रसारले आपसी विश्वास, सद्भाव र सहयोगी वातावरण सिर्जना गर्ने भएकाले विश्वशान्ति प्रवर्धनमा यसले महत्वपूर्ण योगदान पुर्‍याउँछ।

१५. अथवा
नेपालमा शहीदहरूप्रति सम्मानको भावना थप अभिवृद्धि गर्न शहीद दिवसलाई कसरी मनाउनु पर्ला ? कुनै चार सुझाव प्रस्तुत गर्नुहोस् ।
(एकाइ ३, उच्च दक्षता)
उत्तर : देश र जनताका लागि आफ्नो जीवनको आहुति दिने व्यक्तिलाई शहीद भनिन्छ। नेपालमा शहीदहरूको सम्झना र सम्मानमा प्रत्येक वर्ष माघ १६ गते शहीद दिवस मनाइन्छ। शहीदप्रति सम्मानको भावना अझ अभिवृद्धि गर्न शहीद दिवस यसरी मनाउन सकिन्छ :
• शहीदहरूको आदर्श जीवन र योगदानबारे प्रवचन तथा गोष्ठी आयोजना गर्ने।
• विद्यालय, कलेज र समाजमा शहीदहरूको प्रेरणादायी भूमिकामाथि विशेष कार्यक्रम गर्ने।
• शहीदका परिवारलाई सम्मान र सहयोग गर्ने अवसर सिर्जना गर्ने।
• शहीद र उनीहरूको योगदान शीर्षकमा कविता, निबन्ध, वक्तृत्वकला तथा खेलकुद प्रतियोगिता सञ्चालन गर्ने।

१६. हाम्रो समाजमा फजुल खर्च गर्ने प्रवृत्तिका कारण विश्लेषण गर्नुहोस् ।
(एकाइ ४, उच्च दक्षता)
उत्तर : अनावश्यक रूपमा गरिने खर्चलाई फजुल खर्च भनिन्छ। हाम्रो समाजमा फजुल खर्च बढ्नाका कारणहरू यसप्रकार छन् :

• देखावटी र प्रतिष्ठाको मनोवृत्ति – अरूलाई प्रभावित गर्न र समाजमा इज्जत बढाउने सोचले फजुल खर्च बढाउँछ।
• प्रतिस्पर्धा र अरूको अनुकरण – “ऊ भन्दा म के कम!” भन्ने मानसिकताले खर्च बढाउँछ।
• अवैध आम्दानी र सजिलो धन प्राप्ति – परिश्रम बिना आर्जन भएको पैसालाई अनावश्यक रूपमा खर्च गर्ने प्रवृत्ति हुन्छ।
• कानुनको कमजोर पालना – फजुल खर्च नियन्त्रण गर्ने कानून भए पनि त्यसको कार्यान्वयन नहुँदा प्रवृत्ति नियन्त्रण हुन सकेको छैन।

१७. मानव अधिकार घोषणापत्रका कुनै चार विशेषता उल्लेख गर्नुहोस् ।
(एकाइ ५, ज्ञान बोध )
उत्तर : मानव अधिकर व्यक्तिको नैसर्गिक, अविभाज्य, जन्मसिद्ध अधिकार हो । मानव अधिकारसम्बन्धी औपचारिक अवधारणा १० डिसेम्बर १९४८ मा संयुक्त राष्ट्रसङ्घ मार्फत जारी गरिएको थियो। मानव अधिकारसम्बन्धी विश्वव्यापी घोषणा पत्रका प्रमुख विशेषता यसप्रकार छन् :
• मानव अधिकार घोषणापत्र विश्वव्यापी र संयुक्त राष्ट्रसङ्घका सदस्यहरूमा लागु हुने प्रतिबद्धता हो।
• मानव अधिकार घोषणापत्र व्यक्तिका राजनीतिक, सामाजिक, सांस्कृतिक एवं आर्थिक अधिकारको एकीकृत दस्तावेज हो।
• विश्वव्यापी मानव अधिकार घोषणापत्र कानूनी बाध्यता भन्दा पनि नैतिक दायित्व हो।
• मानव अधिकार घोषणापत्र मौलिक हकको स्रोत वा आधार समेत हो।

१८. भूमध्यसागरीय हावापानी र भूमध्यरेखीय हावापानी बीच भिन्नता उल्लेख गर्नुहोस्।
उत्तर: (आफैँ लेख्ने प्रयास गर्नुहोला)

१९. नमुना
मिति : २०८१।११।२२
श्री निर्देशकज्यू, 
अन्तर्राष्ट्रिय श्रम सङ्गठन, 
कन्ट्री अफिस, काठमाडौँ ।
विषय : धन्यवाद ज्ञापन सम्बन्धमा
महोदय, म काठमाडौँ निवासी नेपाली नागरिक हुँ । नेपाल अन्तर्राष्ट्रिय श्रम सङ्गठनको सदस्य मुलुक भएका कारण यहाँको संस्था ILO ले नेपाली श्रमिकको हकहितको क्षेत्रमा गरेको योगदान देखेर मलाई निकै खुसी लागेको छ । ILO ले नेपालमा श्रमिकको अधिकारको संरक्षण तथा न्यूनतम पारिश्रमिक निर्धारणमा सरकारसँग सहकार्य गरेको रहेछ । बालश्रम उन्मूलनमा सक्रियता र सहयोग गरेको रहेछ । जनचेतनामूलक कार्यक्रम सञ्चालन गरेको रहेछ । श्रमिक बालबालिकाको पुनर्स्थापनामा पुऱ्याएको रहेछ । यसरी यस संस्थाले नेपालमा पुऱ्याएको योगदानका लागि धेरै धन्यवाद दिन चाहन्छु । निर्देशकज्यू, आगामी दिनमा पनि यस्तै सहयोगको निरन्तरताको अपेक्षा गर्दै आभार प्रकट गर्छु ।

भवदीय 
.......  .......

२०. नेपालको जनसङ्ख्या वृद्धिको प्रवृत्ति स्पष्ट पार्नुहोस् । (एकाइ १०, ज्ञान, बोध)
उत्तर : कुनै भौगोलिक क्षेत्रमा निश्चित समयावधिमा बसोबास गर्ने मानिसको सङ्ख्यालाई जनसङ्ख्या भनिन्छ । जनसङ्ख्याको वृद्धिदरले जनसङ्ख्याको घट्ने र बढ्ने दर कस्तो छ भन्ने जानकारी गराउँछ । नेपालमा जनसङ्ख्याको वृद्धिदरको प्रवृत्तिलाई निम्न लिखित बुँदामा
उल्लेख गर्न सकिन्छ :
• दोस्रो र तेस्रो जनगणनामा जनसङ्ख्या वृद्धिदर ऋणात्मक थियो। यी जनगणनामा जनसङ्ख्या वृद्धिदर ऋणात्मक हुनुको प्रमुख कारण विश्वयुद्धको प्रभाव, विफर रोगको महामारी भएको अनुमान गरिन्छ।
• वि.सं. २०३८ मा भएको जनगणनामा जनसङ्ख्या वृद्धिदर २.६२% रहेको थियो । यो हालसम्मकै उच्च जनसङ्ख्या वृद्धिदर हो।
• वि.सं. २०७८ को जनगणनामा भने जनसङ्ख्या वृद्धिदर ०.९२% पुगेको छ।
• नेपालमा वि.सं. २०५८ देखि जनसङ्ख्या वृद्धिदर क्रमशः घट्दो छ। यसो हुनुमा जनचेतनामा वृद्धि, परिवार नियोजन कार्यक्रमको सफलता, स्वास्थ्य सेवाको प्रभावकारिता आदि कारण रहेको देखिन्छ।

समूह 'ग' 
लामो उत्तर आउने प्रश्न :

२१. स्वतन्त्र, निष्पक्ष र विश्वसनीय निर्वाचन लोकतन्त्रको आधार हो। यस भनाइलाई उदाहरणसहित पुष्टि गर्नुहोस्।
(एकाइ ५, उच्च दक्षता)
उत्तर: जनताद्वारा जनताकै लागि गरिने शासन पद्धतिलाई लोकतन्त्र भनिन्छ। लोकतन्त्रमा शासन गर्ने अधिकार जनताकै हातमा हुन्छ। तर सबै जनता प्रत्यक्ष रूपमा शासनमा सहभागी हुन नसक्ने भएकाले आफ्ना प्रतिनिधि छान्न निर्वाचन गरिन्छ। त्यसैले, निर्वाचन लोकतन्त्रको मेरुदण्ड हो।

लोकतन्त्रलाई बलियो बनाउन निर्वाचन स्वतन्त्र, निष्पक्ष र विश्वसनीय हुनु अनिवार्य हुन्छ। यसलाई निम्न बुँदाले पुष्टि गर्छन् :
• कसैको धाक, धम्की र डर त्रास बिनाको स्वतन्त्र निर्वाचन भएमा असल व्यक्ति निर्वाचित हुन्छन् र देश विकासको बाटोमा अगाडि बढ्छ।
• कसैको पक्षपातपन विना निष्पक्ष निर्वाचन भएमा योग्य उम्मेदवार छानिन्छन्।
• निर्वाचनका सबै प्रक्रिया विश्वसनीय भएमा जनप्रतिनिधिप्रति जनताको विश्वास बढ्छ।
• गलत व्यक्ति नेतृत्वमा पुग्ने सम्भावना घट्छ, जसले सुशासनलाई बल दिन्छ।
• भ्रष्टाचार नियन्त्रण भई पारदर्शिता र जवाफदेहिता बढ्छ।
• विभिन्न वर्ग, समुदाय र क्षेत्रका आवाजलाई उजागर गर्ने अवसर प्राप्त हुन्छ।

अत: स्वतन्त्र, निष्पक्ष र विश्वसनीय निर्वाचनले जनताको वास्तविक चाहना प्रतिबिम्बित गर्ने भएकाले यसलाई लोकतन्त्रको आधार मानिन्छ।

[नोट: यस प्रश्नमा पहिले लोकतन्त्र र निर्वाचनबिचको सम्बन्ध देखाउँदै उत्तर सुरु गर्नुपर्छ । त्यसपछि स्वतन्त्र, निष्पक्ष र विश्वसनीय निर्वाचनले लोकतन्त्रलाई कसरी बलियो बनाउँछ भन्ने कुरालाई बुँदागतरूपमा कम्तीमा छ बुँदामा लेख्नुपर्छ अनि अन्त्यमा एक वाक्यमा निष्कर्ष प्रस्तुत गर्दै टुङ्ग्याउनुपर्छ। अन्य लामो प्रश्नका उत्तरहरू पनि यसरी नै ३ खण्डमा लेख्नु राम्रो मानिन्छ। ]

२२. पृष्ठभरिको नेपालको नक्सा बनाई दिइएका तथ्यहरू भर्नुहोस् ।
सगरमाथा हिमाल, कर्णाली प्रदेश, चितवन राष्ट्रिय निकुञ्ज र पृथ्वी राजमार्ग
(एकाइ ६, प्रयोग तथा सिर्जनात्मक सिप)
उत्तर: सामान्य आकारप्रकार मिल्ने गरी नेपालको पृष्ठभरिको नक्सा बनाउनुपर्छ र उपयुक्त सङ्केतको प्रयोग स्थान मिल्ने गरी दिइएका स्थानहरू भर्नुपर्छ।

दृष्टि विहीनका लागि
दक्षिण अमेरिका महादेशको भौगोलिक, सामाजिक र आर्थिक पक्षको वर्णन गर्नुहोस् ।
(एकाइ ६, ज्ञान बोध)
यस प्रश्नको उत्तर लेख्ने तरिका: [सबैभन्दा पहिले दक्षिण अफ्रिका महादेश विश्वको चौथो ठुलो महादेश हो । यसलाई भूमध्य रेखाले बिचबाट काटेको हुनाले यो महादेश उत्तरी र दक्षिणी दुवै गोलार्धमा पर्छ भनी उत्तरको सुरुवात गर्नुपर्छ । त्यसपछि दक्षिण अमेरिका महादेशको भौगोलिक पक्षअन्तर्गत निम्नानुसारका बुँदा समेटेर वर्णन गर्नुपर्छ :
दक्षिण अमेरिका महादेशको भौगोलिक पक्षअन्तर्गत निम्नानुसारका बुँदा समेटेर वर्णन गर्नुपर्छ :
जस्तै :
• दक्षिण अमेरिका महादेशमा अमेजन बेंसी क्षेत्र, एन्डिज पर्वत श्रेणी, ब्राजिलको उच्चभूमि, अटाकामा मरुभूमि र पग्यासको घाँसे मैदन रहेका छन् ।
• दक्षिण अमेरिकाको धेरैजसो भूभागमा गर्मी हावापानी पाइन्छ । मरुभूमि क्षेत्रमा सुक्खा र अमेजन बँसी क्षेत्रमा सधैं वर्षा हुने हावापानी पाइन्छ ।
• अमेजन बँसी क्षेत्रमा अग्ला र ठुला पात भएका रुखहरूको घना जङ्गल रहेको छ । पम्पास क्षेत्रमा भुइँघाँस मात्र पाइन्छ भने मरुभूमि क्षेत्रमा काँडेदार सिउँडी जातका वनस्पति पाइन्छ ।
• दक्षिण अमेरिका महादेशको अमेजन क्षेत्रमा आदिवासी जनजातिहरू बसोबास गर्छन् । उनीहरू फिरन्ते जीवन बिताउँछन् ।
• एन्डिज क्षेत्रमा नेपालका शेर्पा जस्तै देखिने जाति बसोबास गर्छन् ।
• दक्षिण अमेरिकाको अमेजन क्षेत्रका मानिस सिकार गर्ने, माछा मार्ने र सामान्य खेतीपाती गर्ने गर्छन् ।
• ब्राजिलको उच्च भूमिमा कफी खेती गरिन्छ भने पम्पासको घाँसे मैदानी क्षेत्रमा गहुँ खेती र पशुपालन गरिन्छ ।
• पूर्वको किनारी क्षेत्रमा माछा सङ्कलन, उद्योग र व्यापार गरिन्छ ।
अन्त्यमा दक्षिण अमेरिका महादेश प्राकृतिक स्रोत साधनले भरिपूर्ण भएर पनि खासै विकास हुन नसकेको महादेश हो वा यस्तै एक वाक्य लेखेर उत्तर टुङ्ग्याउनुपर्छ ।]

२३. जनआन्दोलन २०४६ र जनआन्दोलन २०६२/६३ को पृष्ठभूमि र उपलब्धिको छुट्टाछुट्टै परिचय दिनुहोस् ।
(एकाइ ७, ज्ञान, बोध)
उत्तर: नेपालमा प्रजातन्त्रको प्राप्तिका लागि दुईओटा ठुला आन्दोलन भएका थिए । पहिलो जनआन्दोलन वि.सं. २०४६ मा र दोस्रो आन्दोलन वि.सं. २०६२-६३ मा भएको थियो।
जनआन्दोलन २०४६ र २०६२/६३ को पृष्ठभूमि र उपलब्धिको छुट्टाछुट्टै परिचय :
(क) जनआन्दोलन २०४६:
पृष्ठभूमि:
• जनआन्दोलन २०४६ फागुन १ गते देखि चैत २६ गते सम्म चलेको थियो । 
• यो आन्दोलन निरङ्कुश पञ्चायती व्यवस्थाको अन्त्य गरी प्रजातन्त्र स्थापना गर्नका लागि भएको थियो। 
• यो आन्दोलन नेपाली काङ्ग्रेस र संयुक्त बाममोर्चा मिलेर गरेका थिए।

उपलब्धि:
• यो आन्दोलनको परिणामस्वरूप देशमा निर्दलीय पञ्चायती व्यवस्थाको अन्त्य भएर बहुदलीय व्यवस्था लागु भएको थियो ।
• संवैधानिक राजतन्त्रको स्थापना भयो ।
• नेपाल अधिराज्यको संविधान २०४७ जारी भयो ।
• नेपालमा संसदीय शासन प्रणाली लागु भयो ।
• मौलिक हक सुनिश्चित गरियो।

(ख) जनआन्दोलन २०६२/६३:
पृष्ठभूमि
• जनआन्दोलन २०६२/६३ को आन्दोलन २०६२ चैत २४ देखि २०६३ बैसाख ११ सम्म चलेको थियो । 
• यो आन्दोलन राजा ज्ञानेन्द्रको संसद् विघटन गरी प्रत्यक्ष शासन गर्ने जस्तो अप्रजातान्त्रिक कदमविरुद्ध भएको थियो।
• यो आन्दोलन नेपाली काङ्ग्रेस सहितका सात राजनीतिक दल र माओवादी मिलेर गरेका थिए ।

उपलब्धि:
• यस आन्दोलनको परिणामस्वरूप विघटित प्रतिनिधि सभाको पुनर्स्थापना भयो ।
• सुरुमा राजाका अधिकारहरू खोसिए र २०६५ जेठ १५ गते गणतन्त्रको स्थापना भयो ।
• अन्तरिम संविधान २०६३ जारी भयो र त्यसका आधारमा भएको संविधानसभाले वि.सं. २०७२ मा नेपालको संविधान जारी भयो ।
• नेपालमा सङ्घीय शासन प्रणाली लागु भयो ।
• वृहत् शान्ति सम्झौता भई देशमा शान्ति कायम भयो ।

यसरी, पहिलो जनआन्दोलनमा पूरा हुन बाँकी कार्यहरू दोस्रो जनआन्दोलनले पूरा गरी नेपाली नागरिकले नै शासनसत्ता सञ्चालन गर्ने अवसर प्राप्त भयो।

२४. नेपालमा पर्यटनको सम्भावना उल्लेख गरी तपाईंको विदेशी साथीलाई भ्रमणका लागि अनुरोध गर्दै पत्र लेख्नुहोस्।
(एकाइ ८, प्रयोग तथा सिर्जनात्मक सिप)
उत्तर: 
सानोठिमी, भक्तपुर
मितिः २०८१।११।२४
प्यारी साथी, ....
धेरै सम्झना
म यहाँ आराम छु । तिमीलाई पनि आराम होला भन्ने आशा गर्छु । तिमीले नेपाल भ्रमणमा आउने इच्छा व्यक्त गरेकी रहिछौ । तिम्रो इच्छा छि‌ट्टै पूरा होस् भन्ने शुभेच्छा व्यक्त गर्न चाहन्छु । नेपाल बहुआयामिक पर्यटकीय सम्भावन भऐको देश हो। यहाँ धेरै रमणीय स्थान रहेका छन् । नेपालमा उत्तरतर्फ सुन्दर हिमशृङ्खला रहेका छन् । तिमीले टाढैबाट हिमाल हेरेर आनन्द लिन सक्छ्यौ । माउन्टेन फ्लाइटबाट नजिकै पुगेर हेर्न पनि सक्छ्यौ । पदयात्रामार्फत हिमालमै पुगेर हिउँ खेल्न पनि सक्ने छौ। त्यसै गरी नेपालका नदीहरूमा ऱ्याफ्टिङ गरेर आनन्द लिन, विभिन्न ठाउँमा बन्जि जम्पिङ गर्न र पहाडी बाटामा साइकल लिएर माउन्टेन बाइकिङ पनि गर्न पनि सक्ने छौ ।
त्यतिमात्र कहाँ हो र ! नेपाल त हिन्दु र बौद्ध धर्मको केन्द्र पनि हो नि। भगवान् गौतम बुद्धको जन्मस्थान लुम्बिनी स्वयम्भू र महाबौद्धमा बौद्ध धर्मावलम्बीहरू तीर्थ गर्न आउँछन् । अनि पशुपतिनाथ, मुक्तिनाथ, स्वर्गद्वारी, जनकपुरधाम लगायतका हिन्दु तीर्थस्थलहरूमा विश्वभरिका हिन्दुहरू तीर्थाटनका लागि आउने गर्दछन् । दक्षिणमा गर्मी, पहाडी भागमा ठिक्कको र उत्तरमा चिसो हावापानी पाइने हुनाले तिमीले एकै दिनमा तीनओटै क्षेत्रको हावापानीको अनुभव गर्न सक्छ्यौ। धेरै गर्मी र धेरै जाडो ठाउँका मानिसहरू त्यहाँको मौसम छल्न जुनसुकै समयमा नेपाल आउन सक्छन् ।
तिमी नेपाल आयौ भने यहाँको वनजङ्गल, ऐतिहासिक सम्पदा, विविध प्रकारका संस्कृति र रहनसहनको अध्ययन र अवलोकन गर्न पनि सक्छ्यौ । चितवन राष्ट्रिय निकुञ्जमा हात्ती, गैंडा र बाघ हेर्न जाऔंला ।
यति धेरै रमणीय देश विश्वमा तिमीले अन्यत्र पाउने छैनौ। त्यसैले ढिलो नगरी नेपाल भ्रमणमा आउन मैले तिमीलाई निमन्त्रणा गरें है? छि‌ट्टै आऊ है, म तिमीलाई धेरै ठाउँ डुलाइदिउँला । आउँदो हिउँदे बिदामा तिम्रो प्रतीक्षामा रहने छु है, साथी। अहिलेलाई यत्ति नै । बाँकी कुरा भेटमा गरौंला ।
उही तिम्रो माया गर्ने साथी
  .........   ........
[नोट: नेपालमा पर्यटनका सम्भावना झल्काउने कम्तीमा सात बुँदा समेटेर चिठीको नमुना बनाउनुपर्छ । चिठी लेख्दा सुरुमा सम्बोधन र सन्चो बिसन्चोका कुरा, त्यस पछि पर्यटनको सम्भावनाहरू कम्तीमा छओटा बुँदा पर्ने गरी पेटबोली लेख्नुपर्छ र अन्त्यमा बिट मार्ने काम गर्नुपर्छ । अन्त्यमा खामको नमुना बनाएर प्रेषक र प्रापकको नाम लेख्न छुटाउनु हुँदैन]

Essay on Discipline

Here’s an essay tailored for a Class 10 board exam (SEE), with around 300 words to match the depth and structure expected at that level:

Discipline word art


Discipline is one of the essential trait that helps people achieve success, self-control, and responsibility. To put it simply, discipline is the process of putting bad deeds behind oneself, growing in moral character, being ethical, thinking positively, being professional, charitable, and acting morally. Discipline is crucial for young people, particularly students, as it helps them form positive habits and gets them ready for the future. In order to make students understand the values of diligence, curiosity, intelligence, punctuality and academic success requires discipline. A well-behaved student pays attention in class, studies consistently, and completes his/her assignment on time. Disciplined students prevent themselves from last-minute stress  before tests by practicing time management efficiently. Maintaining discipline helps students learn more and more which in turn increases their confidence. Additionally, discipline in academics helps students learn how to prioritize the task which is most essential in adult life.

Discipline is equally important in personal life too. It enhances the person's ability to resist distractions. Practicing discipline helps everyone to follow healthy routines like exercising regularly, eating balanced diet, and get required sleep. This supports in physical health as well as mental and social health.

In societal context, discipline is the master key to create a better environment. By following social norms and ideologies, a person can contribute to safety and harmony. For instance, in a neighborhood if people manage the garbage properly, it reduces the risk of health issues and tension between people. Discipline fosters cooperation between people and helps in societal development.

In conclusion, discipline is a guiding principle that leads to a fulfilling and balanced life. It is essential for personal growth, academic success and societal harmony. Developing discipline from a young age equips individuals to face life’s challenges, ultimately leading them to a successful and meaningful life.